कीर्तेविरुद्ध कठोर बन्दै सेना

काठमाडौं । सेवा प्रवेश र बढुवामा कीर्ते गर्ने सैनिक अधिकारीविरुद्ध जंगीअड्डाले कठोर नीति लिएको छ । जागिर खान नक्कली प्रमाणपत्र पेस र माथिल्लो पदसम्म पुग्न नागरिकता कीर्ते गर्नेहरू कडा सजायको भागीदार हुने भएका छन् ।
प्रधानसेनापति पूर्णचन्द्र थापाको निर्देशनमा जंगीअड्डाले यसबारे लामो समयदेखि सूक्ष्म छानबिन गरिरहेको छ । यस सम्बन्धमा दोषी ठहरिएकालाई भविष्यमा सरकारी सेवामा योग्य नहुनेदेखि जेल हाल्नेसम्मको सजाय दिने तयारी छ । अहिलेसम्म भने सैनिक अधिकारीको आत्मसम्मानमा ठेस नपुग्ने गरी अवकाशमा जाने नीति लिँदै आएको देखिएको छ ।
कीर्ते गरी उमेर सच्याउनेले राजीनामा दिएर सेवाबाट बिदा हुने अवसर प्रयोग नगरे उनीहरूले कठोर सजाय भोग्नु पर्नेछ । उनीहरूलाई भ्रष्टाचार, सैनिक आचरण र नैतिकता समेतको अभियोगमा कसुरको गाम्भीर्य र दर्जा बमोजिम जेल चलानसम्मको तयारीमा सैनिक नेतृत्व पुगेको स्रोतले बताएको छ ।
जंगीअड्डाले एक सहायक रथीको संयोजकत्वमा समिति बनाई वरिष्ठ अधिकारीको शैक्षिक प्रमाणपत्र र नागरिकता छानबिन गरिरहेकोे छ । सैनिक मुख्यालयले केही महिनाअघि मात्र बढुवा भएका एक उपरथी र उपरथीमा बढुवा सिफारिस भएका सहायक रथीको जन्ममिति छानबिन गरिरहेको छ । उच्च सैनिक स्रोतका अनुसार उपरथी पदमा बढुवा पाएका ताराध्वज पाण्डे र सहायक रथी अशोकराज सिग्देलको जन्ममितिबारे छानबिन भइरहेको हो ।
पाण्डे र सिग्देलले सैनिक नेतृत्वसम्म पुग्ने आसमा जन्ममिति कीर्ते गरेको स्रोेतले बताएको छ । दुवैको विद्यालय तहमा दर्ता र सैनिक अभिलेखमा भएको जन्ममिति फरक–फरक देखिएको छ । रक्षा मन्त्रालय र जंगीअड्डामा उपरथी पाण्डे र सहायक रथी सिग्देलविरुद्ध छुट्टाछुट्टै उजुरी परेको पुष्टि भएको छ ।
उपरथी पाण्डे सेनाको हेटौंडास्थित मध्यपृतनाका पृतनापति छन् । सहायक रथी सिग्देल जंगीअड्डामै कार्यरत छन् । पाण्डेको केही महिनाअघि मात्र उपरथी पदमा बढुवा भएको थियो । उपरथीमा बढुवाका लागि एक नम्बरमा सिग्देलको नाम सिफारिस भएको छ ।
कार्यसम्पादनमा दुवै जना अब्बल ठहरिए पनि जन्ममितिमा कीर्तेपछि पदमा बसिरहन दुवै जनालाई अप्ठेरो परेको छ । जंगीअड्डाले पाण्डे र सिग्देलसहित अन्य उच्च अधिकारीलाई छानबिनको दायरामा तानेको स्रोतले बताएको छ ।
नागरिकतामा जन्ममिति सच्याई वास्तविक सेवा अवधिभन्दा बढी सेवा गरेको अभियोगमा प्रमुख सेनानी जीवन थापालाई सैनिक अदालतले बर्खास्त गरेको थियो । नक्कली प्रमाणपत्र बुझाएर सेवा प्रवेश गरेका, नागरिकतामा कीर्ते गरी जन्ममिति सच्याएका, बढुवा हुन नक्कली प्रमाणपत्र बुझाएका र उमेर नपुगी सेवा प्रवेश गरेका प्रथम श्रेणी र उच्च तहका अधिकारीमाथि जंगीअड्डाले छानबिन गरिहरेको छ ।
उपरथीमा बढुवा हुन केहीले नक्कली प्रमाणपत्रसमेत पेस गरेको स्रोतले बताएको छ । स्रोतका अनुसार बढुवा हुन नक्कली प्रमाणपत्र बुझाउनेमा साधारण सेवा, विविध सेवा र प्राविधि सेवातर्फका कनिष्ठदेखि वरिष्ठ तहका करिब तीन दर्जन छन् ।
प्रहरी र निजामतीतर्फ नक्कली प्रमाणपत्र अख्तियार दुरुपयोग आयोगले छानबिन गर्दै आएको छ । कीर्ते गर्ने सैनिकमाथि भने छानबिन नहुने आशंका थियो । यही बेला प्रधानसेनापति थापाले गम्भीर ढंगले छानबिन गर्न निर्देशन दिएका छन्। जंगीअड्डाले कीर्ते गर्ने ११ जनालाई कारबाही गरिसकेको छ । यो समाचार अन्नपूर्ण पोष्टले छापेको छ ।
सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता
काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...
प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी
मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...
विजयी सुरुआतसँगै चर्चामा योगेश
गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...
निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था
काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...
जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते
जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...
मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने
काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।