यी ५ लक्षणहरु वेवास्ता नगर्नुस् नत्र क्यान्सर हुन सक्छ !

अक्सर हामीलाई कतिखेर क्यान्सर हुन्छ पत्तो हुँदैन । खास लक्षणहरु अनुभूति नगर्दा मानिस क्यान्सरको संक्रमणको ठूलो मारमा परीसकेको हुन्छ ।तर यदी हामीले निम्न लिखित लक्षणहरुलाई ध्यान दिएर सतर्क हुने हो वा वेवास्ता नगर्ने हो भने क्यान्सरको प्रारम्भिक चरणमै हामीलाई थाहा हुन सक्छ । जसले हामीलाई ठूलो प्राणघातक रोगबाट बचाउन सक्छ ।
१. कुनै पनि भागको निरन्तर दुखाई
तपाईको शरीरको कुनै पनि भाग या अंग निरन्तर दुखिरहन्छ भने यसलाई हेलचेक्याई नगरी डाक्टरसग‘ जाच गरी परामर्श लिनुहोस् । यस्तो निरन्तर दुखाई क्यान्सरको लक्षण हुन सक्छ । अझ महिलाहरुको स्तन वरिपरि कुनै पनि बदलाव आएमा अझ छिटो परामर्श गर्नु आवस्यक छ । स्तनक्यान्सर शुरुवाती चरणमा पहिचान गर्न गाह्रो हुन सक्छ ।
२. निरन्तर ज्वरो आउदा
तपाईलाई निरन्तर ज्वरो आईरहन्छ भने पनि त्यो क्यान्सरको लक्षण हुन सक्छ । क्यान्सरको विकासका चरणहरुमा ज्वरो तलमाथि भएर आईरहन सक्छ ।
३. एकाएक तौल घट्नु
७ देखि ११ दिन भित्र अचानक शरीरको तौल १० प्रतिशत भन्दा कम भयो भने पनि चिन्ताको विषय हुन सक्छ । अझ शारीरीक श्रम कम गर्ने मानिसको तौल घटेमा तुरुन्त चेकअप गराईहाल्नुस् ।
४. सधै थाक्नु
हर हमेसा तपाईलाई थकाई मात्रै लाग्छ, कमजोरी महसुस हुन्छ र छालामा बदलाव आउछ भने त्यो पनि क्यान्सरको लक्षण हुन सक्छ तुरुन्त श्वास्थ्य परीक्षण गर्नु आवस्यक छ । चुरोट खैनी खानेहरुले अझ बढी यसमा ध्यान दिनु आवस्यक छ ।
५. तनाव बढ्नु
तपाई धेरै तनावमा रहने गर्नु भएको छ र तपाईको दिशाको रंग बदलिएको छ वा पिशाव पनि कालो कालो खालको भएको छ भने तुरुन्त डाक्टरलाई भेट्नु आवस्यक छ । आजभोली व्यस्त जीवन शैलीका कारण पनि मानिसमा तनाव बढेको छ जसले डिप्रेसन जस्ता समस्या बढाउदै अन्य समस्या र क्यान्सर सम्म पनि निम्त्याएको देखिएको छ ।
उपरोक्त लक्षणहरु तपाईले अनुभूति गर्नु भएको छ भने आफ्नो श्वास्थ्यको परीक्षण तत्कालै गराएर श्वास्थ्य लाभ लिनुहोला । अन्यथा रोगले च्यापिसके पछि निको हुन एक त पैसा धेरै खर्च हुन्छ भने अर्कोतिर निको हुन मुस्किल पनि बन्दै जान सक्छ ।