पाँच जुवाडे पक्राउ

काभ्रे। धुलिखेल नगरपालिका–६, धुलिखेल अस्पताल चोकबाट प्रहरीले पाँच जुवाडेलाई पक्राउ गरेको छ। धुलिखेल अस्पताल चोकमा रहेको रिना केसीको होटलमा जुवातास खेलिरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो।
पाँच जुवाडे, दशथान तासबुक र नगद ९३ हजार चार सय ३० रुपैयाँ नियन्त्रणमा लिएको डिएसपी दिपक गिरीले जानकारी दिनुभयो।
पक्राउ पर्नेमा धुलिखेल ६ बस्ने राम पराजुली, प्रशान्त श्रेष्ठ, अशोक श्रेष्ठ, धुलिखेल ९ का दिपक तामाङ र भक्तपुर ६ बस्ने गणेश कारन्जितकार छन् ।
Loading...
Loading...
Loading...