कस्मिरमा कर्फ्यु, काठमाडौंमा छटपटी

काठमाडौं । राज्यका सबै विशेषाधिकार खोसिएको भारतको जम्मु–कस्मिरमा चार दिनदेखि कर्फ्यु छ । राजधानी श्रीनगरलगायत सडक चोक, गल्लीमा सैनिक तैनाथ छन् । पूर्व मुख्यमन्त्रीहरु थुनिएका छन् ।
सर्वसाधारण घरबाट बाहिर निस्किन पाएका छैनन् । सञ्चार सेवा पूर्ण रुपमा बन्द छ । लामो समयदेखि द्वन्द्वको चपेटामा परेको कस्मिरबाट नेपाल आएर व्यापार व्यवसाय गर्दै बसेकाहरु यतिबेला आफ्नो थातथलो र आफन्तको चिन्तामा पिरोलिएका छन् ।
काठमाडौँका विभिन्न गल्लीमा कस्मिरीहरु छाला, हस्तकलाका सामान र पस्मिनाको व्यापार गर्छन् । मुस्लिमको प्रमुख चाड ईद आगामी सोमबार छ । चाड मान्न थातथलो गएकाहरुको खबर नपाउँदा यहाँ रहेकाहरुबीच चिन्ता छ । यो समाचार कान्तिपुर दैनिकले छापेको छ ।
गोप्य विवरण सार्वजनिक गरेको भन्दै क्यानाडेली प्रधानमन्त्रीसँग रिसाए सी जिनपिङ
बाली– चीनका राष्ट्रपति सी जिनपिङले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले गोप्य विवरण चुहावट गरेको आरोप लगाएको छन् । जी २० शिखर...