किशोरी ब*लात्कार घटना : डेढ लाख दिएर मिलापत्र गराउने सात अगुवा पक्राउ – Janata Live
  • Tuesday, March 28, 2023

किशोरी ब*लात्कार घटना : डेढ लाख दिएर मिलापत्र गराउने सात अगुवा पक्राउ

  • जनता लाइभ
  • साउन २५, २०७६

किशोरी ब*लात्कार घटना : डेढ लाख दिएर मिलापत्र गराउने सात अगुवा पक्राउ

मोरङ्ग । मोरङको रंगेलीमा सुस्त मनस्थितिकी १६ वर्षीया किशोरीमाथि सामुहिक ब लात्कारको घटना आर्थिक प्रलोभन दिएर गाउँमै मिलापत्र गराउने सातजना पक्राउ परेका छन् ।

पीडित परिवारलाई डेढ लाख रुपैयाँ दिने कागज गराएर बलात्कारको घटना गाउँमै मिलापत्र गराउने १० जनामध्ये सात जना अगुवालाई इलाका प्रहरी कार्यालय रंगेलीले शुक्रबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा रंगेली नगरपालिका–९ सखुवाथानका ६५ वर्षीय रामबहादुर राजवंशी, ७० वर्षीय निमलाल राजवंशी, ६० वर्षीय शेखर गौतम, ३७ वर्षीय चित्रसेन राजवंशी, ४० वर्षीय अभिनव बजगाईं, ३३ वर्षीय दिलीप मुर्मु र ३५ वर्षीय सुवास राजवंशी छन् । प्रहरीका अनुसार ३५ वर्षीय गणेशप्रसाद दाहाल ३४ वर्षीय रेवतबहादुर काफ्ले र ५५ वर्षीय चेतबहादुर मगर अझै फरार छन् ।

जघन्य अपराध मिलापत्र गराउनेलाई पक्राउ गरेर कानुनी कारबाही चलाउन जिल्ला न्यायाधिवक्ताले निर्देशन गरेपछि प्रहरीले उनीहरूको खोजी तीब्र बनाएको थियो । मिलापत्र गराउने दश जनाविरुद्ध इलाका प्रहरी कार्यालय रंगेलीले जिल्ला अदालत मोरङमा बलात्कार गर्न उक्साएको आरोपमा मुद्दा दर्ता गराइसकेको छ । फरार भएकाहरू पनि चाँडै पक्राउ पर्ने प्रहरीको दाबी छ ।

यता, बलात्कारमा संलग्न रंगेली–९ सखुवाथानका २५ वर्षीय रोमन मगर र २४ वर्षीय प्रिन्स अधिकारीलाई प्रहरीले पक्राउ गरेर जबरजस्तीकरणी आरोपमा मुद्दा दर्ता गराइसकेको छ । २३ वर्षीय सुनील चौधरी अझै फरार छन् ।

उनीहरूले २० असारको साँझ चुरोट सल्काउन आगो माग्ने निहुँमा गाउँकी अशक्त किशोरीलाई अपहरण गरेर सामुहिक बलात्कार गरेका थिए । घटना सार्वजनिक भएपछि २६ असारमा गाउँमा स्थानीय अगुवाहरूले भेला राखेर बलात्कारमा संलग्नहरूको तर्फबाट जनही ५० हजार रुपैयाँ दिने र कतै उजुरबाजुर नगर्ने सर्तको कागजमा सहीछाप गराएर जघन्य अपराध मिलापत्र गराएका थिए । यो समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।

Loading...
Loading...
Loading...