पाइलैपिच्छेको छुवाछूतले बाँच्नै गाह्रो, विद्यालयमा समेत विभेद – Janata Live
  • Saturday, September 25, 2021

पाइलैपिच्छेको छुवाछूतले बाँच्नै गाह्रो, विद्यालयमा समेत विभेद

  • जनता लाइभ
  • साउन २५, २०७६

पाइलैपिच्छेको छुवाछूतले बाँच्नै गाह्रो, विद्यालयमा समेत विभेद

सिरहा । सिरहा नगरपालिका १९ सन्हैठा गाउँका ५० वर्षीय रामनाथ मल्लिक (डोम) बिहीबार बिहान नजिकैको चोकमा चिया खान गए । उनले चिया मागे ।

पसलेले उनलाई अरू सेवाग्राहीसँगै बेन्चमा बस्न दिएनन् । चिया प्लास्टिक कपमा दिए । रामनाथ भुइँमै बसेर चिया खाएर घर फर्के । त्यही पसलमा अन्य दलित समुदायलाई सिसा ग्लासमा चिया दिइन्छ । बेन्चमै बस्न दिइन्छ । तर, डोमले बस्न र प्लास्टिक ग्लासमा पाउँदैनन् ।

अर्नामा गाउँपालिका–५ कृष्णपुरका सुनिता र उदगार मल्लिकका छोराछोरी कृष्ण, अर्जनु र रिमा घरनजिकैको श्री आधारभूत विद्यालयमा पढ्छन् । विद्यालयमा खाजा अरुसँगै खुवाइँदैन । प्लटे बेग्लै छ । उनीहरु सधैं एउटै प्लटेमा खान्छन् ।

त्यहाँ डोमबाहेक दलित र गैरदलितका छोराछोरी खाजा सँगै खान्छन् । एकअर्कोले खाएको प्लेटमा अर्को दिन खाजा खान्छन् । अचेल सुनिता र उदगार बेग्लै खाजा खुवाए पढ्नै नजाने भन्न थालेका छन् ।

लहान नगरपालिका–१० की मीना मल्लिकलाई साउन १ गते छिमेकीले कुटपिट गरे । निहुँ थियो सुँगुरले भाँडो छोएको । पाँच दिन अस्पतालमा बसेपछि उनी निवेदन लिएर प्रहरी चौकी पुगिन् । चौकीले मिलापत्र गर्न भन्यो । उनी निराश भएर घर फर्किन् । उनलाई उपचार खर्चबापत २५ सय रुपैयाँ दिएर घटना सामसुम पारियो ।

डोम समुदायमा दिनहुँ यस्ता घटना भइरहेका छन् । उनीहरू घरबाहिर पाइला टेक्नेबित्तिकै भेदभाव र छुवाछुत भोग्न बाध्य छन् । देशमा कानुन, व्यवस्था र सत्ता बदलिए पनि उनीहरूको पीडा बदलिएको छैन । विद्यालय, होटल, मठमन्दिर, गाउँघरमा उनीहरू दुःख सहेर बस्न विवस छन् ।

‘पूरै बस्तीमा एक्लै घर डोमको हाम्रो छ । सामान्य कुरामा पनि सबैले हप्कीदप्की गर्छन्,’ लहान १० की मीना मल्लिकले भनिन, ‘गैरदलितले त गर्छ–गर्छ छुवाछुत दलितभित्रैका अन्य समुदायले पनि हामीसँग त्यस्तै व्यवहार देखाउँछ । हामी कहाँ जाऊँ रु पशुले कसैको भाँडो छुँदा मानिसलाई कुटपिट किन रु ’ प्रहरी, प्रशासन र नेता कसैले पनि पीडा नबुझेको उनले बताइन् । कुटाइ खाए पनि मिलापत्र गर्नै परेको उनले सुनाइन् ।

डोम समुदाय सुँगुरपालन र बाँसको सामग्री उत्पादन गर्छ । गैरदलित समुदायले उनैबाट कुलदेवतालाई कबुल गरेको पर्वमा सुँगुर किनेर लग्छन् । बलि चढाउँछन् । बिहे र अन्य कार्यमा बाँसको सामग्री किन्छन् ।

‘कसैको घरमा बाँसको सामग्री पुर्‍याउन जाँदा टाढाबाटै राख्न लगाउँछन् । पानीले छर्केर घर लग्छन्,’ सिरहा नपा १९ सन्हैठाका रामनाथ मल्लिकले भने, ‘हाम्रो पसिना र सीप चल्छ तर पानी चल्दैन । समुदायको कुनै पनि सामाजिक कार्यमा हामीलाई सहभागी गराइँदैन ।’ पुस्तौंदेखि भेदभाव सहरै बस्नुपरेको उनले सुनाए ।

जनगणना २०६८ अनुसार सिरहामा डोम समुदायको २३८ घरधुरी छ । उनीहरुको जनसंख्या २,२५० छ । उनीहरूको समुदायमा बाक्लो बस्ती हुँदैन । ऐलानी, पर्ती वा सडकछेउमा एक–दुई घर मात्रै छन् । ‘हाम्रो समुदायको पहुँच न त राजनीतिमा छ न राज्यको कुनै निकायमा,’ डोम अगुवा रामचन्द्र मल्लिकले भने, ‘गाउँमा कसैसँग पैसा तिरेर जग्गा किन्न खोजे पनि दिँदैनन् ।’ डोम समुदायको समस्याका विषयमा कुनै दलले आवाज नउठाएको उनले बताए ।

डोम समुदायप्रति अरूको खासै चासो नदेखिएको दलित अधिकारकर्मी विनोद विसुन्केको भनाइ छ । ‘कतै बाक्लो बस्ती छैन । गाउँमा एक्लै हुन्छ । उनीहरुको जीविका गाउँसँग जोडिएको हुन्छ,’ उनले भने, ‘छुवाछुत वा भेदभावको घटनापछि डोम सुमदायले आवाज उठाउँदा उल्टै समाज जाइलाग्छ ।’

श्री आधारभूत विद्यालयका शिक्षक राजदेव यादवका अनुसार विद्यालयमा डोम बालबालिकासँग भेदभाव गरिएको छैन् । ‘खाजा खाएपछि विद्यार्थीले आआफ्नो प्लेट बेग्लाबेग्लै राख्ने गरेका छन्,’ उनले भने, ‘विद्यालय प्रशासनबाट भेदभाव गरिएको छैन ।’ विद्यार्थीबीच भइरहेको व्यवहारबारे अब अनुगमन गरिने उनले बताए । अन्नपूर्ण पोष्टबाट

Loading...
Loading...
Loading...

दशैंका विभिन्न साइत सार्वजनिक, टीकाको साइत बिहान १०ः०२ मिनेटमा

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादशैंका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीबार बिहान ११ः४६...

तमसुकमा बिहे, वडामा तलाक

सिरहा– सिरहाको लहान नगरपालिका–५ की तवसुम अजमेरी र सिरहाकै भगवानपुर–२ गम्हरियाका मोहम्मद नइम मियाँबीच २०७५ साउन २० गते विवाह भयो...

आज विश्वकर्मा पूजा एवं वास्तु दिवस, पूजा आराधना गरी मनाइदैँ

काठमाडौं– कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को...

भक्तपुरमा गाडी कुरिरहेकी बालिकालाई काभ्रे लगेर ट्रकभित्रै बलात्कार

भक्तपुर– भक्तपुरमा गाडी पर्खिरहेकी बालिकालाई गन्तव्यमा पुर्‍याइदिन्छु भन्दै लगेर गाडीभित्रै बलात्कार गरेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार भक्तपुरबाट...

आफ्नै आठ महिने शिशुको घाँटी रेटी हत्या गरेको आरोपमा आमा–बाबु पक्राउ

रुपन्देही– आफ्नै आठ महिने शिशुलाई घरको छतमा लगेर घाँटी रेटी हत्या हत्या गरेको आरोपमा प्रहरीले रुपन्देहीको गैडहवाका एक दम्पतीलाई पक्राउ...

संखुवासभा हत्या प्रकरण : यसरी शुरुमै प्रहरीको ‘नोटिस’ मा परेका थिए लोकबहादुर

संखुवासभा– संखुवासभाको मादी–१ खोलागाउँका एकै परिवारका ६ जनाको हत्यापछि अनुसन्धानमा जुटेको प्रहरीले हत्याको एक साता नबित्दै अभियुक्त पक्राउ गरी आइतबार...

बलात्कारपछि १४ वर्षीया किशोरी हत्या प्रकरण : अर्का अभियुक्त पनि जेल चलान

सर्लाही– सर्लाहीको लालबन्दीकी १४ वर्षीया किशोरी प्रियंका भुजेलको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका अनिष दाहाल कारागार (जेल) चलान भएका...

हत्या आरोपीको बयान : तेजबहादुरलाई मात्रै मार्न खोजेको थिएँ, अरुले देखेपछि सबैलाई सिध्याएँ

संखुवासभा– संखुवासभा मादी नगरपालिका–१ उम्लिङमा गत सोमबार एकै परिवारका ६ जनाको हत्या आरोपमा प्रहरीले तेजबहादुर कार्की परिवारकै छिमेकी एक युवकलाई...