सञ्चारमन्त्री र एमडीले खान खोजे टेलिकमका तीन सय वरिष्ठको जागिर – Janata Live
  • Monday, March 20, 2023

सञ्चारमन्त्री र एमडीले खान खोजे टेलिकमका तीन सय वरिष्ठको जागिर

  • जनता लाइभ
  • साउन २४, २०७६

सञ्चारमन्त्री र एमडीले खान खोजे टेलिकमका तीन सय वरिष्ठको जागिर

काठमाडौं । नेपाल दूर सञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)का तीन सयभन्दा बढी कर्मचारीको जागिर खाने सञ्चार मन्त्री गोकुल बास्कोटा र प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीको प्रयास तीन ट्रेड युनियन र कर्मचारीहरुको एकताका कारण हाललाई टरेको छ ।

‘मन्त्रालयले नेपाल टेलिकमलाई ३० वर्षे सेवा अवधि र ५८ वर्षे उमेरको हदमध्ये जो पहिला पुग्छ सोही आधारमा अनिवार्य अवकास दिनेगरी बोर्ड निर्णय गर्नु र अनुमोदनका लागि लोक सेवा आयोगमा पठाउनू भन्ने पत्र बुधबार खोलिएपछि हाम्रो अफिसमा ठूलो तनाबको वातावरण सिर्जना भयो’ आधिकाररिक ट्रेड युनियनका अध्यक्ष यादव पनेरुले नेपाल समाचारपत्रलाई बताए ।

अध्यक्ष पनेरुका अनुसार पत्रको व्यहोराले एक स्वतन्त्र निकायको अधिकार क्षेत्र अतिक्रमण गरेको छ, यसलाई तीनवटै युनियनले बिरोध गरे, आधिकारिक युनियनका तर्फबाट विज्ञप्तिसमेत निकालेर, मन्त्रालयको यस प्रकारको आदेश पालना हुन्छ भने हामी आन्दोलनमा उत्र्न्छौं भन्दै दबाब दिइयो ।

कर्मचारीहरु संगठित भएपछि प्रवन्ध निर्देशक अधिकारीले ‘म मन्त्रालयलाई कन्भिन्स गर्छु’ भनेको पनि पनेरुले जानकारी दिनुभयो । यही प्रयोजनका लागि अधिकारी मन्त्री बास्कोटा र सञ्चार सचिव महेन्द्रमान गुरुङलाई भेट्न मन्त्रालय गएको पनि बुझिएको छ । तर, यस सम्बन्धमा अधिकारीसँग जानकारी लिन खोज्दा उनको फोन उठेन । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने

काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।