१६ साउनसम्म नाम दर्ता गरेकालाई मात्रै उपनिर्वाचनमा मताधिकार – Janata Live
  • Saturday, April 1, 2023

१६ साउनसम्म नाम दर्ता गरेकालाई मात्रै उपनिर्वाचनमा मताधिकार

  • जनता लाइभ
  • साउन २४, २०७६

१६ साउनसम्म नाम दर्ता गरेकालाई मात्रै उपनिर्वाचनमा मताधिकार

काठमाडौं । १४ मंसिरमा हुने उपनिर्वाचनमा १६ साउनसम्म मतदाता नामावलीमा नाम दर्ता गराएका नागरिकले मात्र मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगले १६ साउनसम्म मतदाता नामावलीमा नाम दर्ता भएका र सोही मितिसम्म १८ वर्ष पूरा भएकाहरू मात्रै मतदानमा सहभागी हुन पाउने निर्णय गरेको हो ।

मतदाता नामावली ऐन २०७३ को दफा ६ ९ख० मा मतदाताको उमेर १८ वर्ष पुग्नुपर्ने मिति निर्वाचन आयोगले तोक्नुपर्ने व्यवस्था छ । त्यही प्रावधानअनुसार आयोगले मतदाता १८ वर्ष पुग्नुपर्ने मिति १६ साउनलाई तोकिएको आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले बताए ।

‘उपनिर्वाचन प्रयोजनका लागि साउन १६ गतेसम्म नाम दर्ता गराएका र मतदाता नामावली ऐन २०७३ को दफा ६ ९ख० बमोजिम मतदाताको उमेर १८ वर्ष तोक्नुपर्ने प्रावधानअनुरूप १६ साउनमै १८ वर्ष पुगेको हुनुपर्ने तोकिएको छ,’ प्रवक्ता खरेलले भने ।

आयोगले अर्को व्यवस्था नभएसम्मका लागि १७ साउनदेखि मतदाता नामावली दर्ता रोकेको छ । १६ साउनसम्म संकलन भएका नामावलीका विवरण अद्यावधिक गरी आयोगमा पठाउन सम्बन्धित निर्वाचन कार्यालयलाई निर्देशन दिएको छ ।

आयोगले जिल्लाबाट आएका नामावली एक महिनाभित्र प्रशोधन गरिसक्नेछ । त्यसपछि नामावलीमा दाबी–विरोधका लागि पाँच दिनको समय दिएर सम्बन्धित निर्वाचन कार्यालयमा पठाइनेछ ।

त्यहाँबाट सच्चिएर आएका नामावली प्रशोधनपछि अन्तिम नामावली प्रकाशन गर्ने आयोगको कार्यतालिका छ । त्यो कार्य भदौ मसान्तसम्म सक्ने लक्ष्य रहेको प्रवक्ता खरेलले बताए । अन्तिम मतदाता नामावली प्रकाशित गरेपछि मात्रै निर्वाचनका अन्य कार्यक्रम अगाडि बढाउने तयारी आयोगको छ ।

५५० मतदान केन्द्र, ४६ मतदान अधिकृत
आयोगले १४ मंसिरमा प्रतिनिधिसभा १, प्रदेश सभा ३, उपमहानगरपालिका प्रमुख १, गाउँपालिका अध्यक्ष ३, गाउँपालिका उपाध्यक्ष १ र ३६ जिल्लाका ४१ वडाध्यक्ष निर्वाचित गर्न निर्वाचन गर्दैछ ।

५० पदका लागि एक सय ५४ वडामा निर्वाचन हुने प्रवक्ता खरेलले बताए । अहिलेसम्म पाँच सय ५० मतदान केन्द्र राख्ने तयारी आयोगले गरिरहेको उनले बताए । ४६ निर्वाचन अधिकृतको कार्यालय खोलिने छ ।

५० पदका लागि करिब ५ लाख मतदाताले मतदान गर्ने अहिलेसम्मको आकलन आयोगले गरेको छ । निश्चित मतदाता संख्या भने मतदाता नामावली निक्र्योल भएपछि आउनेछ । आयोग अहिले निर्वाचनको कार्यविधि बनाउने, साधन स्रोतको आकलन गर्ने र जनशक्ति कति चाहिन्छ त्यो आकलन गर्ने तयारीमा जुटेको प्रवक्ता खरेलले बताए । ‘अब एक साताजतिमा साधनस्रोत, जनशक्ति र निर्वाचन कार्यविधिको काम सकिन्छ,’ प्रवक्ता खरेलले भने । नयाँ पत्रिका दैनिकबाट

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...