यसरी लुकाए आईएनजीओले १ खर्ब २ अर्ब – Janata Live
  • Sunday, April 2, 2023

यसरी लुकाए आईएनजीओले १ खर्ब २ अर्ब

  • जनता लाइभ
  • साउन २४, २०७६

यसरी लुकाए आईएनजीओले १ खर्ब २ अर्ब

काठमाडौं । सामाजिक सेवाका नाममा भित्रिएका अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) हरुले पछिल्लो ३ वर्षमा १ खर्ब रुपैयाँभन्दा बढी रकम अपचलन गरेका छन् ।

सरकारलाई जानकारी नै नदिई उनीहरुले आव २०७२/०७३ देखि २०७४/०७५ को अवधिमा १ खर्ब १ अर्ब ८४ करोड ६५ लाख ६० हजार रुपैयाँ वाण्ज्यि बैंकहरुमा लुकाएको फेला परेको छ ।

सरकारलाई गलत खर्च विवरण देखाएर आईएनजीओले २८ वटा वाणिज्य बैंकमा २९ हजार ८ सय ६० वटा खातामार्फत रकम मनोमानी गरेका महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

अपचलन भएको रकम चालु आव २०७६/०७७ का लागि विनियोजित बजेटको करिब ७ प्रतिशत र गत आवको बजेटको करिब ८ प्रतिशत हुन आउँछ । यो समाचार कान्तिपुर दैनिकले छापेको छ ।

Loading...
Loading...
Loading...