नरक जाने उपवास कर्ता – Janata Live
  • Sunday, April 2, 2023

नरक जाने उपवास कर्ता

  • अनुवाद – निर्मलMKG/ सहभाजन – मात्र बिष्णु धनञ्जय
  • साउन २३, २०७६

नरक जाने उपवास कर्ता

एक समयमा त्रावत्रिंसा देवलोकबाट एक देवी अप्सराले देवताको आँखाले मनुष्य लोकमा हेर्दा मनुष्य लोकमा वर्षाबासको समय भएको कारणले धेरै जस्तो ब्यक्तिहरूले उपोसथ वर्त धारण गरेर बसेको देख्छिन् ।त्यो समयमा देवी अप्सराले इन्द्र देवतालाई सोध्छिन् कि, देव लोकका अधिपति हुनु भएको हे् इन्द्र महाराज । मनुष्य लोकमा जति पनि शील यानी उपोसथ ब्रत धारण गर्ने व्यक्तिहरू अन्तिममा मृत्यु पश्चात् देवलोकको गति हुने भएका हुनाले वहाँहरूलाई यहाँ देवलोकमा बस्नलाई अथवा बासस्थान मिल्न सक्ला र महाराज ?

देव लोकका अधिपति भएका इन्द्रको न्यायनुचित धर्म पथ अनुसार धर्मको नियम अनुसार (उपोसथ) ब्रत धारण गर्न जानेमात्र कुसल पुण्य मिल्दछ । कुसल पुण्यको प्रभावले मात्र देवलोकको गति प्राप्त हुन सक्छ।(उपोसथ) बर्त धारण गर्दैमा देवलोक प्राप्त हुँदैन हे ! देवी अप्सरा । तिमीलाई बिस्वास लाग्दैन भने मनुष्यलोकमा जो अहिले (उपोसथ) बर्त धारण गर्दै गरेका मनुष्यहरू देवलोक प्राप्त गर्ने छन्, छैनन भन्ने बिषयमा म तिमीलाई प्रत्यक्षमा बताउअँछु ।

त्यसपछि इन्द्रले आफ्नो रूपलाई साठी वर्षको बुढो मान्छेको रूपमा बदल गरे । र फेरि देबी अप्सराले पनि आफ्नो रूपलाई सोह्र बर्षीय युवतिको रूप बदल गरिन । इन्द्र देवता र देबी अप्सरा दुवै मनुष्यलोकमा बुढो मान्छे र सोह्र वर्षीय युवतीको रूप बदल गरेर (उपोसथ) बर्त धारण गरेको बिहारमा र आश्रममा आउजाउ गरिरहेका थिए। त्यो समयमा आश्रममा बसि उपवास गर्ने नारीहरूले (उपोसथ)बर्त धारण गरेका छौ भन्दै बाहिरी बिषयका अर्नथका कुराहरू आफूसंग सम्बन्ध नभएका बाहिरका ब्यक्तिहरूको बिषयका कुराहरू गरेर बसिरहेका थिए । त्यही समयमा साठी वर्षका बृद्ध रूपि इन्द्र र सोह्र वर्षीय रूपी देवी अप्सरा तिनीहरू बसिरहेको ठाउँमा पुग्छन् । र त्यहा उपवास गर्ने नारीहरूले ती सोह्र बर्षीय नारीलाई सोध्छन् (“हे नारी तिम्रो नजिकमा भएका (बृद्ध)बुढा मान्छे चाहिँ तिम्रा पीता हुनुहुन्छ कि ? पति देव हुनुहुन्छरु चासो गर्दै सोध्छन् ।

ती सोह्र वर्षीय नारीको भेष धारण गर्ने देवी अप्सराले भन्छिन् — ती मेरा पिता होइनन्, ती मेरा पति हुन् । त्यो भनेको सुनेपछि ति उपवास बस्ने नारीहरू दङ्ग परे ।

ती उपवास बस्नेले ती सोह्र वर्षीय नारीलाई भन्छन् हेर त अनुहार पनि कति माया लाग्दो छ । यस्तो राम्रो कलकलाउँदो जवानीमा एउटा खुट्टो घरमा अर्को खुट्टो सम‌सान घाटमा भएको साठी वर्षका बुढो मान्छेलाई पति स्वीकार गरेकी रहिछौ । बुढो गाईले कलिलो घाँस मन पराउँछ । त्यस्तै भएछ भन्दै नाना थरिका वचन कर्महरू गरे ।

त्यहाँबाट ती साठी बर्षका बुढा र सोह्र वर्षकी नारी दुबै जना एउटा बिहारमा पुग्छन् । त्यो बिहारमा चाहिँ पुरूषहरू उपोसथ बर्त धारण गरेर बसिरहेको समयमा ती दम्पतिलाई देखेर भन्न थाल्छन्, कति नसुहाउदो जोडी, यी बुढा मान्छेले यी सोह्र वर्षीय नारीलाई के ही चिजको लालज देखाएर आफ्नो माया जालमा पारेका होलान्,यी नारीको त कर्म नै खोटो रहेछ, केही समयमा अब यी बुढा मान्छेको मृत्यु हुन्छ र यी नारी बेसहारा हुनेछिन्। त्यति बेला तिमी हामीले कोसिस गरेर यी नारीलाई माया जालमा पार्न सके राम्रो हुन्थ्यो भन्ने कुरा ,कानेखुसी गर्न थाले ।

ती दम्पति दुई जना त्यो बिहारबाट निस्केर एउटा पानी पिउने ठाउँमा पुग्छन् । त्यो पानी पिउने ठाउँमा एउटी बृद्ध आमाले ध्यान भावना आचरण गर्दै हुनुहुन्थ्यो ।

सोह्र बर्षीय नारी रूपी देवी अप्सराले ध्यान गर्दै गर्नु भएको बुढी आमाको नजिकमा गएर सोद्छिन्” बुढी आमा हजुर१ मेरा पतिदेवलाई धेरै नै प्यास लागेको कारणले यहाँको गाग्रीमा पानी छकि छैन होला ।

बृद्ध आमाले भन्नु हुन्छ पानी छ नि छोरी तिमीलाई अथवा तिमीहरूलाई इच्छा लाग्दो पिउन सक्छौ । मलाई पुण्य मिल्नको इच्छाले यात्रीहरूको लागि मैले नै गाग्रीमा पानी हालेर दान गरेको हो नी भनेर आँखा खोले अलिकति माथि मात्र हेरेकी थिइन् उनले साठी वर्षका बृद्ध रूपी ईन्द्रलाई देख्छिन र भन्छिन । ए ! तिम्रा पति देवलाई पनि प्यास लागेको छ ! पानी पिलाउ छोरी, आफ्नो पूर्व जन्मको संस्कार अनुसार राम्रा नराम्रा कर्महरू भोग्दै जानुपर्छ त्यसैले पिता सरि भएका पति देवलाई राम्रोसंग पालन पोषण गर भन्दै राम्रो अर्ति उपदेश दिनु भयो ।

त्यसपछि बृद्ध रूपी इन्द्र र सोह्र वर्षीय नारी देवी अप्सरा देवलोकमा प्रस्थान गरे ।

इन्द्रलोक पुगेपछि देवी अप्सरालाई (भन्छन् कस्ता रहेछन् त मनुष्यलोकमा (उपोसथ) बर्त धारण गर्ने ? धेरै जसो मनुष्यहरूको विचार धारा अब त तिमीलाई थाहा भयो नि देवी । साचै नै सोझोपन लिएर उपवास बस्ने मनुष्यहरू कम मात्रामा छन् । कुसल पुण्य चाहिएर उपवास बस्ने पनि कम मात्रामा छन ।

अहिले जो विहार र आश्रममा बसी उपवास बस्ने सबै मनुष्यहरू तल्लो संसार वा नरक लोक जानेछन् । अन्तिममा भेट भएकी बृद्ध आमा मात्र देवलको आईपुग्नु हुन्छ ।

यो कथाले (उपोसथ) ब्रत पालन गरेको छु भन्ने भेष मात्र धारण गरेको र साचैनै (उपोसथ) ब्रतलाई पालन गरेको फल चाहिँ धेरै नै लाभ दायक छ र बाहिरी हिसाबको देखावटी मात्रै हो भने त आफ्नो लागि हानि कारक छ भन्ने बिषयलाई जनाएको छ ।

भवतु सब्ब मंगलम्

अनुवाद – निर्मलMKG/ सहभाजन – मात्र बिष्णु धनञ्जय

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...