छोराहरुलाई म छिटै फर्केर आउछु पढ्न जानू भनेर च्याउ खोज्न गएका बुवा भिरबाट लडेर मृत्‍यु चार छोरा टुहुरा – Janata Live
  • Wednesday, March 22, 2023

छोराहरुलाई म छिटै फर्केर आउछु पढ्न जानू भनेर च्याउ खोज्न गएका बुवा भिरबाट लडेर मृत्‍यु चार छोरा टुहुरा

  • जनता लाइभ
  • साउन २३, २०७६

छोराहरुलाई म छिटै फर्केर आउछु पढ्न जानू भनेर च्याउ खोज्न गएका बुवा भिरबाट लडेर मृत्‍यु चार छोरा टुहुरा

मूल्य नभएको च्याउ खोज्न जाँदा चार छोरा टुहुरा, भबिस्य माथी लाग्यो ताला
काठमाडौं । हुम्लामा एक जनाको भिरबाट लडेर मृत्यु भएको छ । सर्केगाढ गाउँपालिका २  रिप का अन्दाजी ३० वर्षिय राजु महताराको भिरबाट लडेर मृत्यु भएको हो ।

साउन १८  गते बिहान लिबलाइट नामक च्याउ खोज्न जाँदा लडेर मृत्यु भएको रिप का पत्रकार बिस्नु फडेराले बताए । उनका अनुसार महताराको आर्थिक अबस्था कम्जोर रहेकोले केही आर्थिक आउला र छोराहरु पालानपोसण मा सहयोग होला भनेर छोराहरुलाई म छिटै फर्केर आउछु पढ्न जानू भनेर निस्केका महतारा १९ गते फर्केर आए तर लास बनेर ।

१८ गते फर्केर नाअएपछि गाउँले खोज्न जाँदा १९ गते मृत भेटिए रिपका सृकोट प्रावि कुन्नाकोट्का सिक्षक नबराज फडेराले बताए । सिक्षक फडेराका अनुसार बिगत बर्षहरुमा लिब लाइट नामक च्याउ खोज्न सबै गाउँले जान्थे त्यतिखेर किलोको २८  हजार सम्म बिक्री हुन्थ्यो । यो वर्ष त्यो च्याउको मूल्य छैन भनेर कोहि गाउँले गएनन् तर राजु भाइ गए फर्केर आएन् । मृर्तक महताराका दुई जुम्ल्याहा छोरा सहित चार जना छोरा छन् ।

जेठो छोरा इस्वर १०  बर्ष र कक्षा ४  मा दुई जुम्ल्याहा राम र लक्ष्मण ८ बर्ष १ कक्षा र अर्को गणेश ५  बर्षको छ । मृतककि श्रीमती बिसु महतारा सुस्त मन्स्थितिको र बोल्न नजान्ने गरिबिले पिल्सियको पत्रकार बिस्नु फडेराले बताए ।

४ बालबालिकाको भबिस्य को लागि फडेराले सामाजिक संजालमा सहयोगको अपेक्षा सहित उक्त तस्बिर सार्बजनिक गरेका थिए ।

Loading...
Loading...
Loading...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...