वन सखाप पारेर ढुङ्गा खानी, प्रजिअसहित सञ्चालकलाई कार्बाही गर्न अख्तियारमा सिफारिस – Janata Live
  • Sunday, April 2, 2023

वन सखाप पारेर ढुङ्गा खानी, प्रजिअसहित सञ्चालकलाई कार्बाही गर्न अख्तियारमा सिफारिस

  • जनता लाइभ
  • साउन २३, २०७६

वन सखाप पारेर ढुङ्गा खानी, प्रजिअसहित सञ्चालकलाई कार्बाही गर्न अख्तियारमा सिफारिस

ललितपुर । राष्ट्रिय सतर्कता केन्द्रले दक्षिणी ललितपुरको लेले, टीकाभैरव र देवीचौरमा ढुङ्गा खानीका नाममा सामुदायिक तथा राष्ट्रिय वन र सार्वजनिक जग्गाको चरम दोहन भइरहेको भन्दै छानबिन गरी दोषीमाथि कार्बाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरेको छ ।

केन्द्रले ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद जोही, एसएसपी रवीन्द्रबहादुर धानुक र गोतावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, डिभिजन वन कार्यालय प्रमुखलगायतको संरक्षणमा जथाभावी एस्काभेटर र ब्रेकर प्रयोग गरी ढुंगा उत्खनन गरिएको निष्कर्ष निकाल्दै कारबाहीका लागि अख्तियारमा सिफारिस गरेको छ ।

गैरकानुनी दोहनले वन क्षेत्र विनाश भएको, पहिरो र भूक्षय समेत बढेको निष्कर्षसहितको स्थलगत अध्ययन प्रतिवेदन अख्तियारमा पठाई सकिएको केन्द्रले जनाएको छ ।

केन्द्रले राष्ट्रिय तथा सामुदायिक वन र सार्वजनिक जग्गा ठूलो मात्रामा अतिक्रमण गरी अत्यधिक प्राकृतिक दोहन गर्दै आएका ढुङ्गा खानी सञ्चालक मधुसूदन डोटेल, वीरेन्द्र महर्जन र केदार तिमिल्सेना, चुनढुङ्गा उद्योग सञ्चालकलगायतमाथि कानुन बमोजिम कार्बाही गर्न सिफारिस गरेको छ । यो समाचार कान्तिपुर दैनिकले छापेको छ ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...