बहुविवाह गर्ने दुई जोडी पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय भोजपुरले बहुविवाह गर्ने दुई जोडीलाई पक्राउ गरेको छ । प्रहरीले अरुण गाउँपालिका वडा नम्बर ४ चरम्बीका २६ वर्षीय टंक विक र कान्छी श्रीमती बनेर आउने १९ वर्षीय वसन्ती विकलाई पक्राउ गरेको हो ।
यस्तै, प्रहरीले बहुविवाह गर्ने रामप्रसाद राई गाउँपालिका वडा नम्बर ५ का ३३ वर्षीय खगेन्द्र विक र उनकी कान्छी श्रीमती २६ वर्षीय हिमा राईलाई पक्राउ गरेको छ । जेठी श्रीमती मिना बराइली रसाइलीको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
दुवै जोडीलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको समाचार राजधानी दैनिकले छापेको छ ।
Loading...
Loading...
Loading...