प्रदेश नं २ सरकारलाई कर्मचारी भर्ना गर्ने बाटो खुला – Janata Live
  • Saturday, September 25, 2021

प्रदेश नं २ सरकारलाई कर्मचारी भर्ना गर्ने बाटो खुला

  • जनता लाइभ
  • साउन २३, २०७६

प्रदेश नं २ सरकारलाई कर्मचारी भर्ना गर्ने बाटो खुला

जनकपुरधाम । प्रदेश नं २ सरकारलाई कर्मचारी भर्ना गर्ने बाटो खुलेको छ । प्रदेश सरकारले प्रदेशसभामा पेश गरेको प्रदेश लोकसेवासम्बन्धी विधेयकसभाबाट सर्वसम्मतिले पारित भएसँगै कर्मचारी भर्ना गर्ने बाटो खुलेको हो ।

पारित भएको विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भएपछि प्रदेश सरकार अब लोकसेवा आयोगको गठन गरी कर्मचारी भर्ना गर्नसक्ने छन् ।

सरकार गठन भएदेखि नै मुख्यमन्त्री लालबाबु राउतले कर्मचारी अभावको कारण सरकारले प्रभावकारी रुपले काम गर्न नसकेको गुनासो गर्दै आउनुभएकोमा विधेयक पारित भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै भन्नुभयो, “अब प्रदेश नं २ सरकारले आफ्नै कर्मचारी भर्ना गरेर सरकार सञ्चालन सहज र प्रभावकारी बनाउने छ ।”

मुख्यमन्त्री राउतले भन्नुभयो, “लोकसेवा आयोगको विधेयक पारित भएपछि प्रदेश सरकारले कर्मचारी भर्ना गर्ने बाटो खुलेको छ । यसअघि प्रदेश सरकारले प्रहरी विधेयक पारित गरे पनि लोकसेवा आयोग नभएका कारण प्रहरी भर्ना गर्न सकेको थिएन । अब विधेयक प्रमाणीकरणलगत्तै लोकसेवा आयोग गठन प्रक्रिया अगाडि बढाइन्छ ।”

त्यसैगरी प्रदेश नं २ को आज बसेको प्रदेशसभा बैठकमा सामाजिक विकासमन्त्री नवलकिशोर साहले पेश गरेको बालबालिकाको हकअधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ र स्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था व्यवस्था गर्न बनेको विधेयक २०७५ दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइएको छ ।

त्यस्तै उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश रायले पेश गरेका प्रदेश नं २ को वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ प्रदेशसभामा टेबलसमेत गरिएको छ । प्रदेशसभाको अर्को बैठक बिहीबार दिनको ३ बजे बस्ने भएको छ ।

Loading...
Loading...
Loading...

कांग्रेसले टुंग्यायो समावेशी प्रतिनिधित्व विवाद

काठमाडौं– कांग्रेसले समावेशी प्रतिनिधित्व विवाद टुंग्याएको छ । शुक्रबार बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले तीन बुँदे निर्णय गर्दै विवाद समाधान...

बिक्री भएन यार्चागुम्बा

दार्चुला– दार्चुलाका व्यापारीहरुको यो वर्ष खरीद गरिएको यार्सागुम्बा अझै बिक्री भएको छैन । गत असारदेखि खरीद गरिएको यार्सागुम्बा अझै विक्री...

दशैंमा शहरबाट गाउँ जाँदै हुनुहुन्छ ? कहाँ जान कति लाग्छ भाडा ? (विवरणसहित)

काठमाडौं– नेपाली चाड दशैं–तिहार नजिकिंदै छ । कोरोना कहरकै बीच भित्रिंदै गरेका नेपाली चाडहरुका कारण व्यापार, व्यवसायदेखि यातायात क्षेत्रमा चहलपहल...

१,५५० ले जिते कोरोना, १,४७६ नयाँ थपिए, नौं जनाको मृत्यु

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा १,४७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा...

नारायणहिटीको श्रीपेच चोर्ने प्रयास, युवक पक्राउ

काठमाडौं– नारायणहिटी संग्रहालयमा राखिएको श्रीपेचको सिसा फुटाउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । आज (शुक्रबार) संग्रहालय घुम्न छिरेका रुकुम...

दशैंका विभिन्न साइत सार्वजनिक, टीकाको साइत बिहान १०ः०२ मिनेटमा

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादशैंका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीबार बिहान ११ः४६...

तमसुकमा बिहे, वडामा तलाक

सिरहा– सिरहाको लहान नगरपालिका–५ की तवसुम अजमेरी र सिरहाकै भगवानपुर–२ गम्हरियाका मोहम्मद नइम मियाँबीच २०७५ साउन २० गते विवाह भयो...

सशस्त्र प्रहरीका ११ जना डीआईजीको सरुवा, को कहाँ पुगे ? (सूची)

काठमाडौं– सरकारले ११ जना सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणले बिहीबार साँझी मन्त्रीस्तरीय...