कीर्ते सही गरी कार्यालयको ९३ लाख झिकेर कर्मचारी फरार

जनकपुरधाम । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् धनुषाका एक कर्मचारीले कीर्ते सहीछाप गरी बैंकबाट ९३ लाख रुपैयाँ भन्दा बढी रकम झिकेर फरार भएका छन् ।
सिटीईभीटीले धनुषाको सपहीमा सञ्चालन गरेको बीपी मेमोरियल पोलिटेक्नीक इन्स्टीच्युटको ल्यावमा कार्यरत महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका घर भएका प्रविणकुमार ठाकुर कीर्ते सहीछाप गरी बैंकबाट ९३ लाख ५१ हजार रुपैयाँ झिकेर फरार भएका हुन् ।
ठाकुरले विभिन्न मितिमा बीपी मेमोरियल पोलिटेक्नीक इन्स्टीच्युटको ६२ लाख ५६ हजार र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् प्रदेश कार्यालय जनकपुरको ३० लाख ९५ हजार रुपैयाँ कीर्ते गरी झिकेको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषामा मुद्दा दर्ता भएको छ ।
ठाकुरले रकम झिकेको थाहा पाएपछि उनीविरुद्ध मुद्दा दर्ता गराएको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् प्रदेश २ का कामु निर्देशक नागेन्द्र साहले बताए । सूचना प्रविधिमा राम्रो दखल राखेका ठाकुरले कार्यालयको कामकाज प्रभावित गर्नुका साथै कर्मचारीलाई उल्टै धाकधम्की समेत दिँदै आएको बताइएको छ ।
उनको गतिविधि शंकास्पद हुँदै एपछि छानविन गर्दा उनले रकम झिकेको बुझ्न आएको साहले बताए । साउन १२ गते नै कीर्ते मुद्दा दर्ता भएपछि स्थानीय प्रशासनले बैंक खाता रोक्का गरे पनि प्रविणलाई प्रहरीले अहिलेसम्म नियन्त्रणमा लिन सकेको छैन ।
प्रविणको नाममा जनकपुरस्थित सहयोगी विकास बैंक र राष्ट्रिय बाणिज्य बैंकमा ६८ लाख भन्दा बढी बैंक मौज्दात रहेको र अन्य रकम गाडी खरिद लगायतमा खर्चेको सिटिईभीटीका कर्मचारीहरुको भनाइ छ ।
यस विषयमा सिटीईभीटी केन्द्रीय कार्यालयका निर्देशक मणि भट्टराईको नेतृत्वको एक टोलीले समेत स्थलगत निरीक्षण गरी छानविन शुरु गरेको छ । अन्नपूर्ण पोष्ट दैनिकबाट
सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता
काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...
प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी
मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...
विजयी सुरुआतसँगै चर्चामा योगेश
गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...
निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था
काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...
जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते
जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...
मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने
काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।