भ्रष्टाचार नियन्त्रणका लागि अनलाइन उजुरी सशक्त माध्यम

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार नियन्त्रण तथा निवारणका लागि अनलाइन उजुरी सशक्त माध्यम बन्न थालेको छ ।
आयोगले अनलाइन उजुरीको व्यवस्था ल्याएदेखि उजुरी दिनेको सङ्ख्यामा पनि वृद्धि भएको छ । आयोगले २०६९र७० देखि अनलाइन ऊजुरी लिने व्यवस्था गरेको छ । केही वर्षअघिसम्म आयोगले लिखित निवेदन र कागजी प्रमाण लिएर आफैँ उपस्थित भएर उजुरी दिने व्यवस्थामा सीमित थियो ।
सुरुमा एकरदुईवटा मात्रै उजुरी पर्ने अख्तियारमा पछिल्ला वर्षहरूमा भने ‘इमेल’ वा आयोगको अनलाइन शीर्षकमार्फत उजुरी दर्ता गराउनेको सङ्ख्या बढेको छ ।
आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले प्रविधि प्रयोग गर्नेको सङ्ख्या बढेसँगै आयोगमा इमेलमार्फत उजुरी आउने सङ्ख्या पनि बढेको जानकारी दिनुभयो ।
गत वर्ष मात्रै आयोगमा करिब २४ हजार अख्तियार दुरुपयोगसम्बन्धी उजुरी परेका थिए ।
प्रवक्ता कोइरालाले भन्नुभयो, “१५ प्रतिशतभन्दा बढी उजुरी अनलाइनबाट आएका छन् । ” आयोगको तथ्याङ्कबमोजिम गत वर्ष करिब तीन हजार छ सय उजुरी अनलाइनबाट प्राप्त भएको हो । चालू आर्थिक वर्षको सुरुको केही दिनमा दैनिक तीनवटासम्म अनलाइन उजुरी पर्न थालेको छ । यो समाचार आजको गोरखापत्र दैनिकले छापेको छ ।
सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता
काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...