त्रिविमा फेरि भागबन्डा – Janata Live
  • Sunday, April 2, 2023

त्रिविमा फेरि भागबन्डा

  • जनता लाइभ
  • साउन १९, २०७६

त्रिविमा फेरि भागबन्डा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा शनिबार प्राध्यापक लालुप्रसाद पौडेल नियुक्त भएका छन् । त्रिवि भूगर्भ विभागका प्रमुख पौडेललाई प्रधानमन्त्री तथा कुलपति कुलपति केपी शर्मा ओलीले सिंगापुर उड्नुअघि नियुक्त गरेका हुन् ।

उनी शिक्षाशास्त्र संकायको शैक्षिक योजना तथा व्यवस्थापन समितिका सदस्य हुन् । पर्वतका पौडेल पूर्वएमाले र गोरखाका ढकाल पूर्व माओवादी निकट हुन् ।

शिक्षामन्त्री तथा सहकुलपति गिरिराजमणि पोखरेलको अध्यक्षतामा गठन भएको ३ सदस्यीय समितिले शनिबारनै उनीहरुको नाम सिफारिस गरेको थियो । उनीहरुले नियुक्तिपत्र भने बुझिसकेका छैनन् ।

तत्कालिन अध्यक्ष, सदस्य र प्रशासकीय प्रमुखसहित १० जनाविरुद्ध कर्मचारी भर्नामा अनियमितता गरेको आरोपमा अख्तियारले मुद्दा चलाएपछि झन्डै एक महिनादेखि सेवा आयोग पदाधिकारी विहिन छ । यो समाचार कान्तिपुर दैनिकमा सुदीप कैनीले लेखेका छन् ।

यो हप्ता कस्को भाग्य चम्किने योग छ । तपाईको कस्तो छ ? हेर्नुहोस् !! साउन १९ आइतबारदेखि २५ गते शनिबार सम्मको (साप्ताहिक राशिफल)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
परिवारमा खुशीको खबर प्राप्त हुने छ,माया प्रेमको लागि रमाइलो छ,विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ, पारीवारिक सहयोग बढ्ने छ। सुख सुबिधा का कारण धन खर्च अधिक हुने छ,सन्तान सम्बन्धी चिन्ता बड्ने छ ।बिग्रेका काम सुधार हुने छ , पराक्रम मा वृद्धि हुने छ । बिदेश समन्धी कार्यमा प्रगती हुने छ ।सुभ समचार सुन्नु हुने छ ,नयाँ काम को थालनि गर्दा उचित रहने छ ,फाइदा हुनेछ भने सप्ताहन्तमा स्वास्थ्य मा केही गड्बडी हुन सक्ला !कुनै कार्य गर्नु भन्दा अगाडि गणेश भगवानलाई स्मरण गरेर कार्य अथवा यात्रा गरे शुभ हुनेछ ।

बृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
स्त्री एवं सन्तान द्वारा सुख मिल्ने छ नयाँ कार्य को थालनि गरे अत्यन्त लाभ मिल्ने छ संघर्शपुर्ण समय न आउला भन्न सकिन्न ,बिचार गरेर कार्य गर्नु होला गाडी वाहान आदिको किनबेच हुने छ ,अकास्मत यात्रा हुन हुने छ भने अकास्मत धन पनि प्राप्त हुने छ बन्धुवान्धव र छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ , प्रतिस्पर्धा बाट फाइदा उठाउन सकिने छ भने कुनै कार्य गर्नु अथवा यात्रा गर्नु भन्दा पहिले भोले नाथ(शिवजी )को आरधनाले सफलता मिल्नेछ।

मिथुन (का, कि, कु, घ, ङ , छ, के, को, ह)
मान सम्मान एवं प्रतिस्ठा बड्ने छ, कुनै ब्यवसाय अथवा लेनदेन को कार्य मा सघर्शपुर्ण परिस्थितिको सामना गर्नु पर्ने छ । स्वास्थ्य समन्धी समस्या न आउला भन्न सकिन्न विशेष खान पान मा ध्यान दिनु होला ,खर्च अधिक बड्नेछ, पारिवारिक जमघटमा मन रमाउनेछ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला,परिवारमा बिश्वास को मत लिनसक्नु हुन्छ,भने कार्य गर्नु अथवा यात्रा गर्नु भन्दा अगावै दुर्गा देबि को पुजा अथवा स्मरण गर्नुहोला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आफ्नो काममा बाधा ब्यवधान आउने छ्न् ,धन को हानी हुनेछ ।आफ्नै मित्र द्वारा धोका हुनसक्छ ,सावधान भएर काम गर्नु होला ,भने आफन्त बाट पनि धोका हुन् सक्छ,प्रेमी बाट आवश्यक सहयोग मिल्नेछ,सानातिना कामको झमेला आउनसक्छ ,समाजमा प्रतिष्ठित व्यक्तिको रूपमा तपार्इंको नाम चल्ने छ।नयाँ ठाउँ को यात्रा को अवसर रहेको छ !कुनै कुराको चाडै निर्णय नलिनु उचित रहने छ ,सन्तान समन्धी सुख प्राप्त हुने छ सवारी साधन बाट लाभ मिल्ने छ, भने कुनै कार्य गर्नु अथवा यात्रा गर्नु भन्दा अगाडी भगवान सुर्य नारायण लाई स्मरण गर्नु होला सफल्ता प्राप्त हुने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
खर्च को मात्रा अधिक बड्ने छ,स्वास्थ्य अवस्था मा गड्बड एवं मानसिक तनाब हुने छ ।घरेलु समस्या ले सताउने छ ।भने जस्तो प्रतिफल पाउन संघर्ष गर्नुपर्ने हुन्छ, बोलीमा विचार पुराउनु होला, पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ, महत्वपूर्ण काममा ध्यान दिनु होला ।धन आर्जन को साधन बनिरहने छ , शत्रु भय रहने छ ! मित्र बाट हानी हुन सक्ने छ भने आफ्नु काममा लगनशील भएर जति गर्न सकिन्छ उति नै आम्दामी मान प्रतिस्ठा बड्ने छ भने यात्रा गर्नु अथवा कार्य सुभारम्भ गर्नु भन्दा पहिला जगत् जननी दुर्गा माता को स्मरण गरेर मात्र अघि बड्नु होला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
क्रोध बड्ने छ ,वाणी लाई मधुरता बनाउनु होला किनकी हजुर को वाणी को प्रभाब ले कुनै राम्रो काम बन्न सक्छ ,कुनै नयाँ कार्य सुभारम्भ गरे अत्यन्त धेरै धन आर्जन हुने छ, शुभ कुराको सङ्केत मिल्नेछ । यात्रा मा अधिक धन खर्च बड्ने छ भने चोटपटकको सम्भावना छ,पारिवारिक जीवनमा मतभेत रहनेछ, धर्म कर्म मा रुचि बड्ने छ । अर्थलाभका अवसर आउने छन्, कुनै अप्रत्याशित काम बन्ने योग छ, भने स्वास्थ्य अवस्था कम्जोर रहनेछ ।कुनै कार्य अथवा नयाँ ठाउँको यात्रा गर्नु भन्दा अगाडि भगवान बिष्णुको पुजा अर्चना वा स्मरण गर्नु होला उत्तम हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
वैदेशिक कार्य मा अनावस्य धन खर्च हुने छ ,बिस्वास गरेका ब्यक्ति बाटै धोका पाइन सकिन छ, स्वास्थय अवस्था कम्जोर रहनेछ नयाँ कार्य को थालनिबाट धन लाभ हुने छ। विभिन्न देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ,घरायसी वातावरणमा केही धमिलोपन आउने छ, जग्गा जमिन बाट फाइदा हुने छ पैत्रिक सम्पत्ती हात्लागी हुन सक्छ ।मुद्दा मामिला खेप्नु पर्ने हुन सक्छ भने जित हजुर कै हुने छ ।विभिन्न इष्टमित्रहरूसँग भेटघाट हुनेछ , भने कुनै कार्य सुरुवात अथवा यात्रा गर्नु भन्दा अगाडि माता गौरि उमा इत्यादि लाई प्रथाना स्मरण गर्नाले शुभ हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
परिवारमा आपसी तनाब रहने छ ,अत्याधिक खर्च बड्ने छ।कार्य ब्यवसाय मा बिघ्न बाधा आउन सक्छ । विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ जस्द्वारा आफ्नु कार्य बन्ने छ महत्त्वपूर्ण ठाउँमा बोली बिक्नेछ,बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,मानसम्मानमा बृद्धि हुने छ ।सन्तान द्वारा सुख मिल्ने छ । भने शत्रु हरु टाडै रहने छ्न् ।गाडी वाहान आदिमा धेरैहोस पुर्याउनु होला ,चोटपट्क को भय रहेको छ भने धार्मिक कार्य मा रुचि बड्ने छ कुनै कार्य अथवा नयाँ ठाउँ को यात्रा गर्नु अगाडि संकट मोचन हनुमान लाई स्मरण वा हनुमान चालिसा पाठ गर्नु होला उत्तम हुने छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
हात खुट्टा मा चोट को भय रहेको छ ,गाडी वाहन मा ध्यान दिनु होला कुनै ठुलै दुर्घट्ना पनि हुन सक्छ। धन आर्जन को साधन बनिरहने छ अत्यन्त लाभदायक समय रहेको छ विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ,देवी माताको पूजा गर्नाले शुभ कार्यमा सफलता पाइन्छ,पठन–पाठनमा प्रगति हुनेछ, रोजगारीमा सफलता मिल्ने छ,सबै ठाउँतिर चर्चित भैने छ । आफ्नु काम मा बाधा गर्ने बाधक तत्व हरु धेरै हुने छ्न् भने जित हजुर कै हुने छ । विशेष खानपान मा ध्यान दिनु होला !सन्तान बाट खुसिको खबर सुन्न पाइने छ दुर्गा देबिको स्मरण वा पुजा गर्ना ले कुनै नयाँ कार्य,यात्रा गर्दा राम्रो हुने छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पारिवारिक सहयोग द्वारा काम बन्ने छ ,सामाजिक कार्य मा मान प्रतिस्ठा मिल्ने छ रहन सहन मा सुधार आउने छ ।धार्मिक कार्य मा रुचि बड्ने छ।परिवारमा केही मतभेद रहने छ ।प्रसस्त धन लाभ हुने छ सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ,रोकियका कामहरु बन्ने छन्,कुनै नयाँ रोजगारीको लागि प्रयास गरे राम्रो छ काम बन्ने छ ,बैदेशिक यात्रा हुने सम्भावना छ,स्वास्थ्यमा सुधार आउने छ, भने कार्य गर्नु अथवा यात्रा गर्नु भन्दा अगाडि भोले नाथ कि समरण अथवा पुजा गर्नु उचित रहने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कार्य मा ब्यस्त भैने छ,ब्यवसायमा झमेला उत्पन्न हुने छ।रिस बड्ने छ,कार्य मा बाधा आउने छ,अधिक धन खर्च हुने छ परिश्रम धेरै गर्नुपर्ने देखिन्छ भने आसा अनुरुप फल प्राप्त हुने छ।मन अशान्त रहला ,चोटपटक को सम्भावना छ,पारिवारिक जीवन सामान्य रहने छ,आर्थिक समस्या पर्ने छ, झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,बोली एवं व्वहारमा सक्दो नियन्त्रण राख्नु होला ।सन्तान द्वारा सुख मिल्ने छ भने नयाँ कार्य को थालनी गर्न सकिने छ। कार्य गर्नु अथवा यात्रा गर्नु अघि हनुमानकवच अपठ वा हनुमान लाई स्मरण गर्नाले लाभ हुने छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मन अशान्त रहला,स्वास्थ्य सम्नधी समस्या उतपन्न हुने छ।धार्मिक कार्य मा रुचि बड्ने छ।आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ,पारिवार मा मङ्ग्ल कार्य हुने छ ,आकस्मिक धन प्राप्त हुनसक्छ बोलीमा विचार गर्नु होला,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,यात्रा घातक बन्न सक्छ । मुद्दा मामिला मा फस्न सकिने छ ,सन्तान द्वारा खासै सुख प्राप्त नहोला खर्च अधिक बड्ने छ भने सप्ताहन्त मा समय राम्रो रहेको छ र कुनै नयाँ कार्य वा नयाँ स्थान को यात्रा गर्नु अगाडि शिवजी लाई स्मरण अथवा जल चडाउनु होला उत्तम हुने छ ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...