जुवामा हारेपछि आफ्नै पत्नीलाई सामुहिक बलात्कार !

नयाँदिल्ली । भारतको उत्तर प्रदेशस्थित एक गाउँमा रक्सीले मातेका एक पुरुषले जुवा हारेपछि आफ्नै पत्नीलाई बलात्कारको लागि साथीहरुलाई सुम्पिएको घटना सार्वजनिक भएको छ ।
रक्सीले मातेका ती पुरुषले साथीहरुसँग पहिले नै गोप्य रुपमा आफ्नी पत्नीलाई ‘सेक्स’ का लागि सुम्पिने बाचा गरेका थिए । जुवामा हारेपछि भने उनकी पत्नीलाई सामुहिक रुपमा बलात्कार भएको हो । उत्तर प्रदेशको जउनपुर जिल्लाको यो घटना हालै सार्वजनिक भएको हो ।
घटनापछि ती महिला अदालत पुगेकी छिन् । जब कि, प्रहरीले कुनै कारवाही अघि बढाउन नचाहेको ती महिलाको आरोप छ । ती महिलाका अनुसार उनका पति जँड्याहा हुन् । पछिल्लो पटक उनले साथीहरुसँग हारेपछि पत्नीलाई नै प्रयोग गरेका हुन् । रिपोर्ट अनुसार महिलाको पतिका साथी अरुण र अनिल उनको घरमा रक्सी पिउन र जुवा खेल्न आएका थिए । एजेन्सी
गोप्य विवरण सार्वजनिक गरेको भन्दै क्यानाडेली प्रधानमन्त्रीसँग रिसाए सी जिनपिङ
बाली– चीनका राष्ट्रपति सी जिनपिङले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले गोप्य विवरण चुहावट गरेको आरोप लगाएको छन् । जी २० शिखर...