मनोज पुनका अर्का सारथी पक्राउ

भैरहवा । प्रहरी इन्काउन्टरमा मारिएका मनोज पुनका अर्का सारथी पक्राउ परेका छन् ।
रुपन्देही देवदहका बलु भनिने बसन्त पौडेल हत्या योजनामा संलग्न भई फरार बुटवल उपमहानगर–१७ मोतिपुरका ५१ वर्षीय ओमप्रकाश चौधरी भनिने चौधरी डंगोरिया थारुलाई पक्राउ गरिएको रुपन्देही प्रहरी प्रमुख एसपी हृदय थापाले जानकारी दिएका छन् ।
हत्याकाण्ड घटनामा व्यवस्थापकिय भूमिका निर्वाह गरेको अनुसन्धानमा पाइएको थापाले बताए । प्रहरीका अनुसार थारुले सुटरलाई हतियार, मोटरसाइकल व्यवस्थापन, मोटरसाइकलको नम्बर प्लेट परिवर्तन र बलुको निगरानी गरेको अनुसन्धानबाट खुलेको छ । यो समाचार अन्नपूर्ण पोष्ट दैनिकमा छ । फाइल फोटो
सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता
काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...
प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी
मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...
विजयी सुरुआतसँगै चर्चामा योगेश
गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...