तातिँदै छ पृथ्वी : काठमाडौंको अवस्था के ?

काठमाडौं । जलवायु परिवर्तनका कारण विश्वको तामक्रम बढ्दै गएको छ। सन् २०१९ को जुलाई अहिलेसम्मकै तातो महिना साबित भएको छ ।
वैज्ञानिकहरूले विश्वको तापमान औसत १.५ डिग्री सेल्सियसभन्दा बढ्न नदिन चेतावनी दिएका छन्। तीव्र औद्योगिकीकरणका कारण सन् १८५० देखि १९०० को अवधि अत्यधिक तातेको थियो । त्यसयता १ डिग्री सेल्सियस तापक्रम बढिसकेको छ।
यसलाई वैज्ञानिकले अत्यन्त जोखिमपूर्ण मानेका छन्।
काठमाडौंको दस वर्षको औसत तापक्रम जुलाईमा २२.५ डिग्री सेल्सियस छ । जनवरीमा ८ डिग्री सेल्सियस। यहाँको तापक्रम तीव्र गतिमा बढ्दो छ। त्यसलाई रोक्न पर्याप्त मेहनत पुगेमा पनि सन् २१०० मा जनवरीमा ९.५ र जुलाईमा २३.४ डिग्री पुग्ने प्रक्षेपण गरिएको छ।
त्यसका लागि ग्रिनहाउस ग्यास उत्सर्जन बढाउनुपर्ने हुन्छ। निम्न–मध्यम स्तरीय मेहनत भएमा जनवरीमा ४.१ र जुलाईमा २.८ सेल्सियस तापक्रम थपिनेछ। उच्च–मध्यम सफलता भएमा जनवरीमा ४.६ र जुलाईमा ३.५ तथा खराब अवस्थामा जनवरीमा ७.६ र जुलाईमा ५.२ डिग्री सेल्सियस तापक्रम बढ्ने छ। त्यस अवधिमा विश्वको तापमान वृद्धि औसत ३ देखि ५ डिग्री हुनेछ।आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार प्रकाशित छ ।
सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता
काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...