प्रहरीबाटै खरिद ऐनको अवज्ञा – Janata Live
  • Wednesday, March 22, 2023

प्रहरीबाटै खरिद ऐनको अवज्ञा

  • जनता लाइभ
  • साउन १७, २०७६

प्रहरीबाटै खरिद ऐनको अवज्ञा

काठमाडौं । नेपाल प्रहरीले प्रि–फ्याबको भवन निर्माणका लागि प्रकाशित बोलपत्रमा सार्वजनिक खरिद ऐनलाई अवज्ञा गरेको छ । राष्ट्रिय प्रहरी एकेडेमी महारागन्ज काठमाडौंले काठमाडौं र पनौती गरी दुई ठाउँंमा ब्यारेक निर्माणका लागि आह्वान गरिएको बोलपत्रमा ऐन मिच्ने काम भएको हो ।

नेपाल प्रहरीले भारतीय एउटा ब्रान्डको नाम नै किटान गरेर निर्माण सामग्री आवश्यक भएको बोलपत्र आह्वान गरेको छ । नेपाल सरकार आवश्यक निर्माण सामग्रीका लागि भारतीय कम्पनीबाट निर्मित एरोकन प्रि–फ्याब प्यानल (इँटाको विकल्पमा भित्री तथा बाहिरी पार्टेसन वालका रूपमा प्रयोग हुने निर्माण सामग्री) भनी नाम नै किटेर निर्माण सामग्री माग गरी बोलपत्र आह्वान गरेको हो ।

जबकि सार्वजनिक खरिद ऐनअनुसार कुनै पनि बोलपत्र आह्वान गर्दा यसरी ब्रान्डको नाम नै किटेर बोलपत्र आह्वान गर्न पाइँंदैन । सार्वजनिक खरिद ऐनको दफा ३ मा ‘बोलपत्रको विवरण तयार गर्दा मालसामान, निर्माण कार्य वा सेवाको विशेषताहरू स्पष्ट रूपमा बुझिनेगरी उल्लेख गर्ने कुनै उपाय नभएको अवस्थामाबाहेक कुनै खास ब्रान्ड, टेडमार्क, नाम, पेटेन्ट, डिजाइन, प्रकार, उत्पत्ति वा उत्पादकको नाम उल्लेख गर्न सकिने छैन,’ लेखिएको छ ।

ऐनअनुसार कुनै खास ब्रान्ड, ट्रेडमार्क, नाम, पेटेन्ट, डिजाइन, प्रकार, उत्पत्ति वा उत्पादकको नाम उल्लेख गर्नैपर्ने अवस्था आए सोसरह भन्ने शब्दहरू उल्लेख गर्नैपर्ने हुन्छ । तर, उक्त बोलपत्रमा सोसरह भन्ने शब्दको पनि प्रयोग भएको छैन ।

यसबाट सो कम्पनीसँंग मिलेमतो भएको आशंका गरिएको छ । नेपाली बजारमा भारत, चीनलगायत मुलुकबाट यस्तै प्रकृतिका प्रि–फ्याब प्यानलहरू आयात हुने गरे पनि सोही भारतीय कम्पनीको नाम मात्र किटान गर्नुलाई शंकाको दृष्टिकोणले हेरिएको छ ।

नेपालमा यस्ता प्यानलहरू स्वदेशी कम्पनीहरूले निर्माण गर्दै गरेको भए पनि त्यसलाई रोक्दै भारतीय कम्पनीको एरोकन प्रिफ्याब प्यानल भनी नामै किटेर बोलपत्र आह्वान गरिएको हो । बोलपत्रमा प्यानलसहित १० करोड लागतको रहेको उल्लेख छ । ७ करोड पनौती र ३ करोड महाराजन्जको ब्यारेकका लागि लागत रहेको उल्लेख छ ।-बुधबार साप्ताहिकबाट

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने

काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।