कलाकार सम्राट सापकोटा पक्राउ, फेसबुकको फोटोले पुर्यायो प्रहरीमा

काठमाडौं । वन्यजन्तु सिकार गरेको तस्बिर फेसबुकमा राखेपछि कलाकार सम्राट सापकोटामाथि अनुसन्धान शुरु भएको छ । वन्यजन्तुको चोरी सिकारी गरेको अभियोगमा उनीविरुद्ध अनुसन्धान शुरु भएको हो ।
सापकोटालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेर डिभिजन वन कार्यालय काठमाडौंमा बुझाएको छ । वन कार्यालयले सोधपुछ गरेर उनलाई तारेखमा छाडेको छ ।
थुनामा राख्ने पर्याप्त प्रमाण संकलन भइनसकेकाले उनीमाथि सोधपुछ मात्र गरिएको वन कार्यालयका सहायक वन अधिकृत शान्तकुमार श्रेष्ठले बताए । ‘सिआइबीले हामीकहाँ बुझाएको थियो,’ उनले भने, ‘फेसबुकमै फोटो राखेको आधारमा थुन्न मिलेन, अनुसन्धान शुरु भएको छ ।’
वनले तारेखमा छाड्दा प्रहरी असन्तुष्ट
सिआइबीका अधिकारी भने तस्बिरबाटै चोरीसिकारी प्रस्ट हुने भएकाले थुनामै राखेर कारबाही गर्नुपर्ने पक्षमा थिए । वन कार्यालयले सापकोटालाई छाडेपछि प्रहरी अधिकारी असन्तुष्ट भएका छन् । वन्यजन्तुसम्बन्धी अपराधको अनुसन्धान प्रहरीले गर्न पाउँदैन ।
गत बुधबार सापकोटाले हातमा बन्दुक समातेको र अगाडि मरेको चित्तल र हरिणसहितको तस्बिर फेसबुकमा राख्दै ‘कुनै समय चारकोसे झाडीमा सिकारी हुँदाको अवस्था‘’ भनेर पोस्ट गरेका थिए । सोही पोस्टलाई लिएर प्रहरी र वन कार्यालयमा उजुरी परेपछि उनीमाथि छानबिन भएको थियो । विवाद भएपछि उनले सो तस्बिर हटाएका थिए ।
पक्राउ परेपछि सापकोटाले ती नक्कली जनावर भएको र फिल्म सुटिङका क्रममा खिचिएको बताएका छन् । उनले ‘आर्मी’ नामक फिल्मको सुटिङका क्रममा सो तस्बिर खिचिएको दाबी गरेका छन् । सापकोटा गत जेठमा चलेको फिल्म ‘कप्स’ का निर्देशक हुन् । सो जनावर सक्कली वा नक्कली भनेर विस्तृत अनुसन्धान गरी उनीमाथि थप सोधपुछ हुने वन कार्यालयले जनाएको छ । यो समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।
सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता
काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...