काठमाडौं नगरप्रमुखको मनोमानी, बिनास्वीकृति जम्बो टोली लिएर चीनतर्फ

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य सरकारको अनुमतिबिना नै जम्बो टोली लिएर चीन भ्रमणमा गएका छन् । उच्च स्रोतले दिएको जानकारीअनुसार शाक्यसहित १० जनाको टोली अनुमति नै नलिई विदेश भ्रमणमा गएको हो ।
आइतबार १० जनाको भ्रमण टोलीसहित शाक्य चीनको ल्हासा र छेन्दु सहरको भ्रमणमा गएका हुन् । महानगरपालिकाका अनुसार उनीहरू नौदिने भ्रमणका लागि चीन गएका हुन् । भ्रमण टोलीमा नगरप्रमुख शाक्यकी धर्मपत्नी सुचिता शाक्य, वडा नम्बर १ का वडाध्यक्ष भरतलाल श्रेष्ठ, वडा नम्बर २८ का वडाध्यक्ष भाइराम खड्गी, नगरकार्यपालिका सदस्य रश्मि खड्का र हिरा पोखरेल, प्रशासन महाशाखाका निर्देशक गणेश थपलिया र अन्तर्रा्ष्ट्रिय सम्बन्ध सचिवालयका शाखा अधिकृत यम बस्याल, ललितकला प्रज्ञा प्रतिष्ठानका तर्फबाट धर्म शाक्य र सुष्मा राजभण्डारी रहेका छन् ।
कानुनतः जनप्रतिनिधिले विदेश भ्रमणमा जाँदा मन्त्रिपरिषद्बाट निर्णय गराएर मात्र भ्रमणमा जानुपर्नेहुन्छ । तर, नगरप्रमुख शाक्यसहितको नगरपालिकाको जम्बो टोलीले सो कानुनी व्यवस्थाको खिल्ली उडाएका छन् । महानगरपालिकाले भने अनुमति लिएर नै भ्रमणमा गएको दाबी गरेको छ । महानगरका प्रवक्ता ईश्वरमान डंगोल नगरप्रमुखसहितको टोलीे ल्हासा सहरको निमन्त्रणालाई स्वीकार्दै त्यसतर्फ गएको बताए । यो समाचार आजको राजधानी दैनिकमा छ ।
बालब्यास.पं नबिन खतिवडाबाट प्राप्त साप्ताहिक राशिफल साउन 12 गते आइतबार देखि 18 गते शनिबार सम्म कस्को भाग्य चम्किने छ ! हेर्नुहोस् तपाईको कस्तो छ यो साताको राशिफल
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
मन अशान्त रहला, सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान्,विगतको श्रमबाट भने लाभ हुनेछ,उद्योग र व्यापारमा विशेष फाइदा हुने समय छ, सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ धन आर्जन को साधन बन्ने छ नयाँ-नयाँ ब्यक्ति हरुसङ्ग सम्पर्क हुनेछ जसद्वारा आफुलाइ लाभ मिल्ने छ। खर्च अधिक हुने छ आफ्नो कार्य मा ध्यान दिनु होला नभए कार्यमा बाधा उत्तपन्न हुन सक्छ, गोपनीयतामा ध्यान पुर्याउनुहोला।
वृष (इ,उ,ए,ओ,बा,बि,बु,बे,बो)
आसाअनुकुल लाभ मिल्ने छ धनको खर्च अधिक बड्ने छ आफ्ना इस्टमित्र, भाइ बन्धु सँङ्ग भेट घाट एवं सम्पर्क हुनेछ। उन्नति को अवसर प्राप्त हुनेछ, सन्तानद्वारा खुसिको अनुभूति मिले छ, नयाँ कार्य को योजना बन्ने छ। परिस्थितिमा केही असहजता बढ्न सक्छ,सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ, आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ,धेरैले तपाईंका कामको तारिफ गर्नेछन्, सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ ।
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह)
स्थान परिवर्तनएवं बिदेश समन्धि लाभ प्राप्त हुने छ, परिवार मा ब्यर्थ मा वादबिवाद हुनेछ, छिमेकमा पनि असमझदारी बढ्न सक्छ, भने परिवारमा नयाँ खबर सुन्न पाइनेछ, मान सम्मान मिल्ने छ। प्रतिस्पर्धाबाट सामान्य फाइदा हुनेछ,पढाइलेखाइमा बाधा हुनेछ भने व्यापार व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ,नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला, शत्रुहरू किनारा लाग्नेछन भने मानसिक चिन्ता बड्नेछ।
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
पतिपत्नीमा असमझदारी हुनेछ, सानातिना समस्याले अप्ठ्यारो परिस्थिति सिर्जना हुनेछ ,स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुन सक्छ, आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ, भाइबन्धु सँङ्ग मतभेद हुनेछ, भविष्यका लागि विशेष काममा जग बसाउने मौका, छ, तत्काल ठूलो फाइदा भने नउठ्न सक्छ, धर्मकर्म मा रुचि बड्ने देखिन्छ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
धन आर्जनको साधन बनिरहने छ भने पशु र जमिनबाट पनि सामान्य लाभ होला, अरूको भर पर्दा धोका हुन सक्छ, भौतिक साधन जोड्ने समय छ, चोट आदिको भय रहेको छ, केही अप्ठ्यारा परिस्थिति आउन सक्छन्, सचेत हुनुहाेला,विगतको श्रमबाट भने लाभ हुनेछ, आर्थिक योजनामा केही बिघ्न बाधा आउन सक्छ,मानसिक तनाब शारीरिक आलस्य एवं चिन्ता बड्ने छ।
कन्या (टो,प,पि,पु,ष,ण,ठ,पे,पो)
स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ, काममा लगानी बढाउने समय रहेको छ,सन्तान चिन्ता मनमा अशान्त क्रोध बड्नेछ। बेलामा होश नपुग्नाले खर्च मात्र हुनेछ, स्थान परिवर्तनको सम्भावना रहेको छ, सन्तान समन्धि केही जटिल समस्या उत्पन्न हुनेछ, आफन्तबाट टाढिनुपर्ला,आफ्नै कमजोरीले विवादमा परिनेछ भने लगनशीलताले फाइदा हुनेछ,टाढाको यात्रा सम्भावना छ, भने धार्मिक कार्यमा रुचि बड्ने छ।
तुला (र,रि,रु,रे,रो,ता,ति,तु,ते) सुख सुबिधा मा वृद्धि होला,आतिथ्यपूर्ण सम्मान मिल्नेछ,सहयोगीहरूबाटै धोका पाइएला, व्यावसायिक काममा खर्च बढ्नेछ,काम पूरा नहुनाले खिन्नता बढ्ला, सेवामूलक कामबाट प्रतिष्ठा मिल्न सक्छ, मुद्दा–मामिलामा विजयी भइनेछ, आम्दानी कम भए पनि जीवनसाथीका माध्यमबाट काम बन्न सक्छ। स्वास्थ्य अवस्था कम्जोर रहनेछ भने बिदेशी कार्य मा धन खर्च बड्नेछ।
वृश्चिक–(तो,व,ना,नि,नु,ने,नो,या,यि, यु)
मानसिक तनाब आकस्मिक धन खर्च कार्य ब्यवसायमा बिघ्न बाधा आउने छ्न् । घर जग्गा लेनदेन कार्य मा ध्यान दिनु होला, बाध्यतापूर्ण काममै समय बित्न सक्छ, आफ्नो कर्मको उचित प्रतिफल पाइनेछ, कार्य शुभारम्भ गर्न सकिनेछ, रोकिएको काम बन्ने छ,परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ, आर्थिक रूपमा केही नोक्सानी हुन सक्छ भने परिवार सन्तान पक्षबाट सुख मिल्ने छ।
धनु (ये,यो,भ,भि,भु,ध,फा,ढ,भे)
बिग्रेका काम बन्नेछन् कीर्तिमानी काम गर्ने समय छ, स्वास्थ्यमा समस्या आउने छ,गोपनीयतामा ध्यान पुर्याउनु होला अझ समस्या थपिन सक्छन्, सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ,चोट आदिको भय रहेको छ, उपचारमा अधिक खर्च हुने योग छ भने भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने छ।
मकर (भो,ज,जि,खि,खु,खे,खो,गा, गि)
आफ्नो काममा अरुको सहयोग प्राप्त हुनेछ, आर्थिक कार्य मापरिवारको सहयोग मिल्नेछ, मानप्रतिस्ठा बढ्नेछ, विगतको श्रमबाट भने लाभ हुनेछ, महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहाेला,माताकाे सहयाेग र मातृधनकै उपयोगबाट लाभ उठाउन सकिनेछ। रहन सहन को स्तर मा सुधार आउने छ,धर्म कर्ममा रुचि बड्ने छ, भने समयानुकूल केही लाभ मिल्ने छ ।
कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,द)
शुभ कार्यको थालनी हुनेछ। धर्म कर्ममा रुचि बड्नेछ, कृषि तथा पशुपालनमा लाभ हुनेछ व्यापारमा प्रशस्त फाइदा हुने योग छ, चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ, संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिने समय छ, शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा पनि विजयी भइनेछ, ब्यपारमा पनि प्रशस्त फाइदा हुनेछ। रिस बड्ने छ, शान्त रहनु होला अनि मात्र कार्य सिद्ध हुने छ,धन खर्च अधिक हुने छ भने सन्तान द्वारा आसाअनुसार को फलप्राप्त हुने छ।
मीन (दि,दु,थ,झ,ञ,दे,दो,च,चि)
ब्यवसाय क्षेत्र मा उत्साहा बड्ने छ आय आर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ पारिवारिक समस्या एवं स्वास्थ्य अवस्था कम्जोर रहने छ, पैत्रिक सम्पत्ति सम्बन्धी समस्या आउनेछ भने मुद्दा–मामिलामा विजयी भइनेछ, माताकाे सहयाेग र मातृधनकै उपयोगबाट लाभ उठाउन सकिनेछ, पशुधन र जमिनबाट पनि सामान्य लाभ होला, अरूको भर पर्दा धोका हुन सक्छ।