मेलोमेसो मिलाएर विदेश भ्रमणः सामान्य प्रशासन मन्त्रालयका १६७ जना विदेश पुगे

काठमाडौं । कर्मचारीहरु विभिन्न कार्यक्रमको मेलोमेसो मिलाएर विदेश भ्रमण गरिरहेका छन् । पछिल्लो एक वर्षमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट डेढसयभन्दा बढीले विदेश भ्रमण गरेको तथ्यांकले देखाएको छ ।
त्यसमा पनि चीन भ्रमण गर्नेको संख्या अधिक छ । सो मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार २०७५ जेठ ४ देखि २०७६ जेठ ९ गतेसम्म १ सय ६७ जनाले विदेश भ्रमण गरे ।
तीमध्ये चीन जानेको संख्या १ सय ४ छ । मन्त्रालयका अनुसार विदेश भ्रमणका लागि दुई कर्मचारीको भने मनोनयन पत्र आएन ।
मन्त्रालयले सार्वजनिक प्रशासनसम्बन्धी सेमिनार, बेल्ट एण्ड रोडसम्बन्धी सेमिनार, आपतकालीन सञ्चार, दिगो विकास, ग्रामीण विकास, स्थानीय निकायको क्षमता अभिवृद्धिलगायत विषयमा मन्त्रालयअन्तर्गत विभिन्न तहका कर्मचारी चीन पुगेको बताएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।
सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता
काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...
प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी
मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...
विजयी सुरुआतसँगै चर्चामा योगेश
गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...