अंक बढाएर टपर बनेका कोइराला र भट्टराईको ट्रान्सक्रिप्ट त्रिविद्वारा खारेज – Janata Live
  • Wednesday, March 22, 2023

अंक बढाएर टपर बनेका कोइराला र भट्टराईको ट्रान्सक्रिप्ट त्रिविद्वारा खारेज

  • जनता लाइभ
  • साउन ११, २०७६

अंक बढाएर टपर बनेका कोइराला र भट्टराईको ट्रान्सक्रिप्ट त्रिविद्वारा खारेज

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका कर्मचारीलाई आर्थिक प्रलोभनमा पारेर अंक थप गरिएका प्रमाणपत्र रद्द भएका छन् ।

अधिवक्ता सुरेन्द्रप्रसाद कोइराला र बानेश्वर क्याम्पसका केदार भट्टराईको प्रमाणपत्र त्रिविले रद्द गरेको हो । कानुन विपरीत अंक थप गरी ट्रान्सक्रिप्ट जारी गरेको प्रमाणित भएपछि कोइरालाको तीन र भट्टराईको एउटा ट्रान्सक्रिप्ट रद्द गरिएको त्रिभुवन विश्वविद्यालयका परीक्षानियन्त्रक पुष्पराज जोशीले बताए । यो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध मुद्दा दायर गरिसकेको छ ।

कोइरालाले त्रिविको मानविकी तथा सामाजिकशास्त्र संकायअन्तर्गत स्नातकोत्तर तहमा त्रिचन्द्र बहुमुखी क्याम्पसमा समाजशास्त्र तथा पाटन संयुक्त क्याम्पसमा ग्रामीण विकास र अर्थशास्त्र विषयमा भर्ना भएर नम्बर थप गर्न लगाई ट्रान्सक्रिप्ट लिएका थिए ।

त्यसैगरी केदार भट्टराई पाटन संयुक्त क्याम्पसमा मानविकी तथा सामाजिकशास्त्र संकायअन्तर्गत अर्थशास्त्र विषय अध्ययनका लागि भर्ना भएर नम्बर थप गर्न लगाई प्रथम श्रेणीमा उत्तीर्ण भएका थिए ।

कोइराला र भट्टराईले परीक्षा नियन्त्रण कार्यालयका कर्मचारी रामबहादुर कर्माचार्यलाई प्रलोभनमा पारी माक्र्स लेजरमा अंक थप गर्न लगाएका थिए । पनिकाले गठन गरेको छानबिन समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनले अंक थप गरेको पुष्टि भएपछि त्रिविको संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियमअनुसार परीक्षा सञ्चालक समितिको बैठकले ट्रान्सक्रिप्ट रद्द गरेको हो ।

पनिकाबाट जारी भएको कोइरालाको इस्यु नम्बर ६४०१३६०३, ६४०५३९११, ६४०४८८१९ का तीन ट्रान्सक्रिप्ट र भट्टराईको इस्यु नम्बर ६४०४८८२० को ट्रान्सक्रिप्ट रद्द गरिएको हो ।

अख्तियारले तीनैजनालाई पक्राउ गरी मुद्दा चलाएको थियो । तर, हाल उनीहरू धरौटीमा छुटेका छन् । गोल्ड मेडलिस्ट बन्ने रहरले कोइरालाले नम्बर थप्न लगाएका थिए । यसका लागि उनले एक लाख रुपैयाँ तिरेका थिए । नयाँ पत्रिका दैनिकबाट

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने

काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।