प्रधानमन्त्रीका आधा दर्जन विज्ञ, तर पनि किन हुन्छ बारम्बार कूटनीतिक सन्देशमा त्रुटि ? – Janata Live
  • Monday, March 20, 2023

प्रधानमन्त्रीका आधा दर्जन विज्ञ, तर पनि किन हुन्छ बारम्बार कूटनीतिक सन्देशमा त्रुटि ?

  • जनता लाइभ
  • साउन १०, २०७६

प्रधानमन्त्रीका आधा दर्जन विज्ञ, तर पनि किन हुन्छ बारम्बार कूटनीतिक सन्देशमा त्रुटि ?

काठमाडौं । प्रधानन्त्री केपी शर्मा ओलीको ट्विटर ह्यान्डलबाट बिहिबार बेलायतका नवनिर्वाचित प्रधानमन्त्री बोरिस जोन्सनलाई बधाई दिने क्रममा एकैपटक दुईवटा गल्ती भएका छन् ।

प्रधानमन्त्रीको ट्विटर ह्यान्डलमा मेन्सन गरिएको ट्विटर अकाउन्ट बेलायती प्रधानमन्त्री जोन्सनको थिएन ।

यतिमात्र होइन, ट्विटरमा प्रयोग भएको भाषा पनि अशुद्धता देखिएको छ । ट्विटरमा प्रयोग गरेको अंग्रेजी शब्द अजुम्सनको हिज्जे गलत लेखिएको थियो ।

पहिलो ट्विटमा गल्ती देखिएपछि तत्काल त्यसलाई मेटेर दोस्रो ट्विटमार्फत बेलायती प्रधानमन्त्रीलाई बधाई व्यक्त गरिएको छ । तर दोस्रो ट्विटमा पनि हिज्जे गलत लेखेपछि तेस्रो ट्विटमार्फत सच्चाइएको छ ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल तथा मिडिया हेर्न आधा दर्जन व्यक्तिलाई विज्ञका रुपमा नियुक्त दिएर राखेका छन् ।

यिनै विज्ञका कारण यस्ता गल्ति दोहोरिने गरेका छन् । यसै कारण विदेशी सरकार प्रमुखलाई दिएको बधाईसमेत खल्लो बन्न पुगेको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्याल यसलाई मानवीय त्रुटी भन्छन् । यो समाचार वसन्त खड्काले नागरिक दैनिकमा लेखेका छन् ।

Loading...
Loading...
Loading...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...