प्रहरीबाट पक्राउ पुर्जी जारी भएपछि छविराज र शिल्पा पोखरेल भूमिगत

काठमाडौ । चलचित्र निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलविरुद्ध बहुविवाह प्रकरणमा प्रहरीबाट पक्राउ पुर्जी बुधबार जारी भएको थियो। सो पुर्जीपछि निर्माता ओझा र अभिनेत्री पोखरेल भूमिगत भएका छन्।
यी दुईलाई पक्राउ गर्नका लागि प्रहरीले बिहीबार सबैतिर सर्कुलर जारी गरेको छ। यतिबेला निर्माता छविराज काठमाडौंमै छन्। पोखरेल भने भोजुरी फिल्मको छायांकनका लागि धरानमा थिइन्।
बुधबार पक्राउ पुर्जी जारी भएपछि फिल्म छायांकन स्थलबाट शिल्पा पनि भुमिगत भएको छायांकन युनिटका एक व्यक्तिले बताएका छ।
निर्माता छविराजको जेठी श्रीमती हेमाले छविराज र शिल्पाविरुछ गत आइतबार महानगरीय प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन्। यो समाचार आजको राजधानी दैनिकमा छ ।
सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता
काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...