प्राध्यापक संघको काँधमा राजनीतिक नियुक्तिको बन्दुक – Janata Live
  • Saturday, April 1, 2023

प्राध्यापक संघको काँधमा राजनीतिक नियुक्तिको बन्दुक

  • जनता लाइभ
  • साउन १०, २०७६

प्राध्यापक संघको काँधमा राजनीतिक नियुक्तिको बन्दुक

काठमाडौं । नेपाल प्राध्यापक संघका पूर्व अध्यक्षसमेत रहेका कांग्रेस नेता भीमसेनदास प्रधानले प्रजातन्त्रवादी प्राध्यापक संघले प्रगतिशील समूहसँग अपवित्र गठबन्धन गरेका कारण नेपाल प्राध्यापक संघको जारी १६औं महाधिवेशन नटुंगिएको बताए ।

नेकपा सरकारले उच्च शिक्षाका क्षेत्रमा हुने राजनीतिक नियुक्तिमा कांग्रेस पक्षीय प्राध्यापकलाई अवसर दिने र संघको पदाधिकारीमा प्रतितिशील पक्षलाई प्रजातन्त्रवादीले अवसर दिनुपर्ने गोप्य साँठगाँठका कारण विगत तीन साताअघि सुरु भएको प्राध्यापकहरुको महाधिवेशन अझैसम्म सकिएको छैन ।

प्राध्यापकहरुको विवाद बढेपछि केन्द्रीय निर्वाचन समितिले अर्को सूचना जारी नभएसम्मको लागि भन्दै निर्वाचन प्रक्रिया स्थगित गरेका सम्बन्धमा प्रधानले टिप्पणी गरे ।

प्राध्यापक संघको काँधमा राजनीतिक नियुक्तिको बन्दुक राखेर पड्काउन खोज्नु दुर्भाग्यपूर्ण छ । दुई तिहाईको दम्भ बोकेको नेकपा सरकारले उच्च शिक्षाका क्षेत्रमा हुने राजनीतिक नियुक्तिमा कांग्रेस पक्षीय व्यक्तिलाई कुनै अवसर दिंदैन । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

Loading...
Loading...
Loading...