पक्राउ पूर्जी जारीपछि छवि र शिल्पा फरार, प्रहरी खोजीमा

काठमाडौं । चलचित्र निर्माता छविराज ओझा र उनकी कान्छी श्रीमती तथा अभिनेत्री शिल्पा पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
छविकी जेठी श्रीमती हेमा ओझाले प्रहरी कार्यालयमा बहुविवाहको मुद्दा दर्ता गराएपछि उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । मुद्दा दर्ता भएसँगै पक्राउ आदेश लिन प्रहरी काठमाडौं जिल्ला अदालत पुगेको थियो । अदालतले बुधबार नै पक्राउ गरी आवश्यक अनुसन्धान गर्न अनुमति दिएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले छवि र सिल्पालाई प्रहरीले खोजी गरिरहेको बताए । उनले भने, ‘उनीहरूविरुद्ध बहुविवाहको मुद्दा दर्ता भयो । मुद्दा दर्ता हुनु भनेको अनुसन्धानको बाटो खुल्नु हो । यस क्रममा दुवैलाई पक्राउ गर्नुपर्ने हुन्छ । अदालतले पक्राउका लागि अनुमति दिइसकेको छ । हामीले दुवैलाई खोजी गरिरहेका छौँ । तर, पक्राउ गर्न भने सकिएको छैन ।’
प्रहरीका अनुसार ५६ वर्षीय छवि र २६ वर्षीया शिल्पाबीच ०७३ को असारमा विवाह भएको थियो । तर, कानुनी रूपमा विवाह दर्ता भने ६ महिनाअघि मात्रै भएको थियो । सोही आधारमा छविकी जेठी श्रीमती हेमाले दुईविरुद्ध बहुविवाहको मुद्दा हालेकी थिइन् ।
प्रहरी परिसर काठमाडौंअन्तर्गतको कालिमाटीस्थित महिला सेलबाट उनीहरूविरुद्धको मुद्दामा अनुसन्धान भइरहेको छ । प्रहरीका अनुसार छवि र हेमाबीच ०४१ मा विवाह भएको थियो ।
नेपाली चलचित्रकी तत्कालीन नायिका गिताञ्जली सुनुवारसँग सम्बन्ध झाँगिएपछि हेमा छविबाट टढिएकी थिइन् । सुनसरी धरान–१ मा एक्लै बस्दै आएकी ५३ वर्षीया हेमाले वैवाहिक जीवनको ३५ वर्षपछि मात्रै छविविरुद्ध बहुविवाहको मुद्दा हालेकी हुन् । गीताञ्जलीले आत्महत्या गरेपछि छवि रेखा थापासँग नजिकिए । १२ वर्षसम्म लिभिङ इन रिलेसनसिपमा रहेका छवि र रेखाको सम्बन्ध टुंगिसकेको छ ।
के छ कानुनी व्यवस्था ?
मुलुकी अपराध संहिता–०७४ को विवाहसम्बन्धी महलको धारा १७५ ले बहुविवाहलाई बन्देज लगाएको छ । धारा १७५ को उपधार १ र २ मा वैवाहिक सम्बन्ध कायम भएको अवस्थामा कुनै पनि पुरुषले अर्को विवाह गर्न पाउँदैन ।
विवाहित भएको जान्दा जान्दै महिलाले पनि पुरुषसँग विवाह गर्न पाउँदिनन् । कसैले उपधार १ र २ उलंघन गरेको प्रमाणित भए विवाह गर्ने र गराउने दुवैलाई एक वर्षदेखि पाँच वर्षसम्मकौ कैद सजाय र दश हजार रुपैयाँ जरिवाना हुनेछ । नयाँ पत्रिका दैनिकबाट
प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी
मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...
विजयी सुरुआतसँगै चर्चामा योगेश
गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...
निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था
काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...
जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते
जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...
बलिउड अभिनेत्री ज्याकलिनलाई २ सय करोडको जमानत
दुई सय करोड भारतीय रुपैया बराबरको सम्पत्ति शुद्धीकरण मुद्दामा अदालतले चर्चित बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई जमानत दिएको छ। सोमबार पटियाला...