विप्लवसँग वार्ता र नियन्त्रण दुवै नीति राखेर अघि बढ्दै सरकार – Janata Live
  • Tuesday, March 28, 2023

विप्लवसँग वार्ता र नियन्त्रण दुवै नीति राखेर अघि बढ्दै सरकार

  • जनता लाइभ
  • साउन ०९, २०७६

विप्लवसँग वार्ता र नियन्त्रण दुवै नीति राखेर अघि बढ्दै सरकार

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग वार्ता र नियन्त्रण दुवै नीति अख्तियार गर्दै अघि बढेको छ । मुलुकको विखण्डनको माग गर्दै आएका सीके राउतलाई समेत पहिले नियन्त्रण र पछि वार्ताको नीतिबाट नै राजनीतिक मूलधारमा ल्याउन सफल भएको निष्कर्षसहित सरकारले विप्लव समूहलाई समेत सोही नीतिबाट भए पनि मूलधारमा ल्याउन सकिने निष्कर्ष निकालेको स्रोतले जनाएको हो ।

गृहमन्त्री रामबहादुर थापाले मंगलबार गृहमन्त्रालयमा आयोजित सञ्चारकर्मीसँगको अन्तक्र्रियामा समेत विप्लव समूहलाई नियन्त्रण र वार्ता दुवै नीतिबाट मूलधारमा ल्याइने बताएका थिए ।

सञ्चारकर्मीसँगको अन्तक्र्रियामा गृहमन्त्री थापाले विप्लव समूहबाट राजनीति स्थायित्व र प्राप्त उपलब्धिप्रति समेत चुनौती रहेको र सोही कारण मुलुकमा शान्ति सुरक्षासमेत पूर्ण रूपमा कायम हुन नसकेको बताएका थिए । सरकारले विप्लव समूहसँग वार्ताका लागि समिति बनाएरै पहलसमेत गरिरहेको छ ।

नेकपा महासचिव विप्लवले भने सरकारले वार्ताको कुप्रचार गरेको जनाएका छन । उनले आफ्ना नेता माइला लामाको पक्राउपछि विज्ञप्ति जारी गरेर सरकारले वार्ताको कुप्रचार गरेको जनाएका हुन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।

Loading...
Loading...
Loading...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...