चार करोडको लागू औषधसहित पोर्चुगल नागरिक पक्राउ – Janata Live
  • Sunday, April 2, 2023

चार करोडको लागू औषधसहित पोर्चुगल नागरिक पक्राउ

  • जनता लाइभ
  • साउन ०६, २०७६

चार करोडको लागू औषधसहित पोर्चुगल नागरिक पक्राउ

काठमाडौं । प्रतिबन्धित लागूऔषध आइस एम्फेटामाइन लुकाइछिपाइ लैजान लागेको अवस्थामा एक विदेशी नागरिक पक्राउ परेका छन् । प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पोर्चुगल नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा राहदानी नम्बर सीए ७०१२९३ वाहक २५ वर्षीय टिगो मेन्डिस परेरा रहेका छन् । परेराको साथबाट प्रतिबन्धित लागू औषध आइस एम्फेटामाइन ४ किलो २ सय ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद भएको लागूऔषधको बजार मूल्य चार करोड रुपैयाँभन्दा बढि रहेको प्रहरीको दावी छ । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ ।

Loading...
Loading...
Loading...