सर्वोच्चको पत्रले राष्ट्रिय अभिलेखालय धर्मसङ्कट ! – Janata Live
  • Tuesday, March 28, 2023

सर्वोच्चको पत्रले राष्ट्रिय अभिलेखालय धर्मसङ्कट !

  • जनता लाइभ
  • साउन ०५, २०७६

सर्वोच्चको पत्रले राष्ट्रिय अभिलेखालय धर्मसङ्कट !

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय अभिलेखालय रहेको भवन खाली गर्न ताकेता गरेपछि उक्त अभिलेखालयका बहुमूल्य ऐतिहासिक सामग्रीहरू जोगाउन गम्भीर समस्या परेको छ ।

उक्त अभिलेखालयको नाममा रहेको १३ रोपनी क्षेत्रफलमा पुरातत्व विभाग र राष्ट्रिय अभिलेखालयको कार्यालय राखिएको छ । वैकल्पिक व्यवस्था नै नभई भवन खाली गर्न पत्र पठाइएपछि अभिलेखालयले तत्काल त्यसको निकास दिनसकेको छैन ।

सर्वोच्चले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई यसअघि पनि पटक–पटक पत्राचार गरेको थियो । सर्वोच्चले पछिल्लोपटक गत जेठ २८ गते पत्र पठाई मुल भवन अत्यन्त पुरानो र अपर्याप्त हुँदा नियमित कार्यसम्पादन गर्न कठिनाई भएकाले भवन खाली गर्न आग्रह गरेको हो ।

सर्वोच्चले चालु आर्थिक वर्षमा करिब ५० करोड रुपियाँ विनियोजन भैसकेको अवस्थामा भवन निर्माण गर्न अपरिहार्य भएकाले सहयोग गर्न सरकारसमक्ष आग्रह गरेको छ ।

सर्वोच्च अदालत व्यवस्थापन समितिको जेठ २१ गते बसेको बैठकले भवन निर्माण प्रकृया अघि बढाउने निर्णय गरेको थियो । यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...