कसले बनाउन मेट्रो रेल ? – Janata Live
  • Sunday, April 2, 2023

कसले बनाउन मेट्रो रेल ?

  • जनता लाइभ
  • साउन ०५, २०७६

कसले बनाउन मेट्रो रेल ?

काठमाडौं । सरकारले संघीय राजधानीमा मेट्रो रेल्वे निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (पिपीआर) तयार पार्न कम्पनी छनोट प्रक्रिया अघि बढाएको छ ।

सम्भाव्यता अध्ययनबाट पहिलो चरणमा बुढानीलकण्ठदेखि सातदोबाटोसम्म २२ किलोमिटर लामो रेल्वे आर्थिक रुपमा फाइदाजनक हुने प्रतिवेदन आएपछि रेल विभागले डिपीआर तयार पार्न कम्पनी छनोट प्रक्रिया थालेको हो ।

विभागले डिपीआर तयार पार्न इच्छुक कम्पनीहरस्ति प्रस्ताव (आरुएफपी) मागेको थियो । विभागका महानिर्देशक बलराम मिश्रका अनुसार २० कम्पनीले प्रस्ताव हालेका थिए ।

प्रस्तावमध्येबाट मेट्रो रेल्वे निर्माणमा बढी अनुभव भउका ६ कम्पनी छनोट गरी विभागले उनीहरुसित डिपीआर तयार पार्नका लागि प्राविधिक आर्थिक प्रस्ताव मागेको छ ।

ती कम्पनीको प्रस्ताव अध्ययनपछि साउन महिनाभित्रै उपयुक्त कम्पनी छनोट गरी डिपीआर निर्माण गर्न जिम्मा दिइने जानकारी मिश्रले दिए । यो समाचार बलराम बानियाँले कान्तिपुर दैनिकमा लेखेका छन् ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...