धर्मचक्र प्रर्वतन कथा – Janata Live
  • Tuesday, March 28, 2023

धर्मचक्र प्रर्वतन कथा

  • सुर्य घिसिङ
  • साउन ०४, २०७६

धर्मचक्र प्रर्वतन कथा

बुद्धत्व (सम्बोधी) प्राप्ति पछी तथा ब्रम्हासहम्पतिको अनुरोधमा गौतम बुद्धले “बहुजन हिताय र बहुजन सुखाय” हेतु धर्मचक्र प्रर्वतन अर्थात आफ्नो ज्ञान- देशनाको चक्रलाई चलायमान राख्ने प्रतिज्ञा लिए ।

अत: उहाँले सर्बप्रथम अलार कलामको याद गर्नुभयो जसलाई उहाँले गृहत्याग पछी आफ्नो पहिलो अल्पकालीन गुरु वरण गरेका थिए ।

दिब्य चक्षुले उहाँलाई ज्ञात भयो कलामको मृत्यु भइसक्यो । तब बुद्धले आफ्नो दोस्रो अल्पकालीन गुरु उद्दकराम पुत्रलाई पहिलो देशना दिने सोच्नुभयो । किन्तु दिब्यचक्षुले ज्ञात भयो उसको पनि मृत्यु भइसक्यो ।

तब उहाँले पाँच सन्यासीहरुलाई आफ्नो पहिलो देशना दिने बारेमा सोच्नुभयो । यी सन्यासिहरु छ बर्षसम्म बुद्धसगै कठिन तप गर्दथे किन्तु बुद्धले जब अति कठोर साधना गरे अनुर्पयुक्त सम्झेर सामान्य भोजनतिर उन्मुख भए – तब ती पाँच तपस्विहरुले उहाँलाई छाडेर सारनाथ गए ।

बुद्धले आफ्ना ती पाँच तपस्वी साथीहरुलाई दिब्य चक्षु द्वारा सारनाथको ऋषिपतन मृगदाबन (मृगको उद्यान) मा देख्नुभयो । उहाँ सारनाथको त्यसै उद्यानमा पुग्नुभयो । तपस्विहरुले जब बुद्धलाई आफू तिर आउदै गरेको देखे उनीहरुले बुद्धको उपेक्षा गर्ने बारेमा सोचे । किन्तु जसै बुद्धलाई उनीहरुले नजिकैबाट देखे पाचै जनाको बिचार परिबर्तन भयो । ती तपस्विहरुले बुद्धलाई पर्याप्त सम्मान दिए । सर्बप्रथम बुद्धले उनीहरुलाई चार आर्यसत्यको शिक्षा दिनुभयो ।

चार आर्यसत्य:-

(१) दु:ख- संसारमा दुस्ख छ ।

(२) समुदाय- दुस्खका कारण छ ।

(३) निरोध- दुःखको निवारण छ ।

(४) दु:ख निरोधको मार्ग अस्टांगिक मार्ग अर्थात –

(१) सम्यक दृष्टि:- चार आर्यसत्यमा बिश्वास गर्नु

(२) सम्यक संकल्प:- मानसिक र नैतिक बिकासको प्रतिज्ञा गर्नु ।

(३) सम्यक वाक:- हानिकारक कुरा र झुठो नबोल्नु ।

(४) सम्यक कर्म:- हानिकारक कर्म र दुष्कर्म नगर्नु ।

(५) सम्यक जिविका:- कुनै पनि स्पष्टता र अस्पष्टतस् हानिकारक ब्यापार नगर्नु ।

(६) सम्यक प्रयास :- आफुले आफैलाई सुधारने प्रयास गर्नु ।

(७) सम्यक स्मृति :- स्पष्ट ज्ञानले देख्न सक्ने मानसिक योग्यता प्राप्त गर्ने कोशिस गर्नु ।

(८) सम्यक समाधी :- निर्बाण प्राप्त गर्नु ।

तथागत बुद्धले पाँच तपस्विहरुलाई उपदेश दिदै भन्नुभयो :- उपर्युक्त अस्टांगिक मार्गलाई नै “मध्यम मार्ग” भनिन्छ किनकी यो जीवन लक्ष्य प्राप्त गर्ने दुई अतिबादि मार्गलाई निराकरण गर्दछ । यसमा प्रथम अतिबादी मार्ग हो – इन्द्रिय सुख एवं भौतिकताले पुर्ण तथा दोस्रो हो – जीवन लक्ष्यका प्राप्ति हेतु गरिने कठिन तपस्या एवं हठचार्य ।

{गौतम बुद्धले बोधीज्ञान प्राप्त गर्नुभएपछी सारनाथमा पाँच तपस्विहरु अर्थात पञ्चवर्गिय भिक्षुहरुलाई प्रथम पटक बोधिज्ञानबारे धर्मचक्र प्रर्वतन सुनाउनु भएको थियोे । ती पञ्चबर्गिय भिक्षुहरुमा – बप्प, कौडन्य, भद्दिया, महानाम र अस्वजित थिए ।} -७:९ pm, -२०१८/७/१६

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...