१६ महिने शिशुलाई गोमन सर्पले डसेपछि…

काठमाडौं । विराटनगरको सुन्दर हरैचाका १६ महिने दीपचय राय शुक्रबार बरन्डामा खेल्दाखेल्दै अचानक चिच्चाएर रोए । लगत्तै उनका बाबा भोला पुग्दा बालकसँगै सर्पको बच्चा देखे । बालकको गोलीगाँठाबाट रगत बगिरहेको थियो । भोलाले खुट्टामा केही माथि कपडाले बाँधिदिए अनि सर्प मारे ।
छोरालाई उपचारका लागि कोसी अञ्चल अस्पताल पु-याउँदा उनले सर्प पनि सँगै लगेका थिए । आकस्मिक कक्षमा वार्ड इन्चार्ज रघुनन्द अधिकारीले सर्प हेरेपछि गोमन रहेछ । भन्दै बालकलाई एन्टिस्नेक भेनस (एएसभी) चढाउन सहकर्मीलाई सुझाए ।
मोरङकै कर्सियाकी उषा रायलाई शुक्रबार बिहानै सुतेकै ठाउँमा करेतले डसेपछि कोसी अस्पताल भर्ना भएकी छन् । ‘निन्द्रामै थिएँ । अचानक पाखुरामा कसैले चिमोटेजस्तो भयो’ उनले भनिन्, ‘उठेर हेर्दा हात दुखेको ठाउँमा रगत निस्केको र ओछ्यानमा करेत सर्प देखेपछि अस्पताल आएँ ।’ उषालाई शुक्रबार मध्याह्नसम्ममा दुई भाइल एन्टिस्नेक भेनस दिइएको छ । यो समाचार कान्तिपुर दैनिकले छापेको छ ।
सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता
काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...
प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी
मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...
विजयी सुरुआतसँगै चर्चामा योगेश
गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...