कारागार सुरक्षामा लापरवाही, बन्दीसँग जासुसी पेन क्यामरा

बझाङ । जिल्ला कारागार बझाङमा जेल सजाय भोगिरहेका एक कैदीका साथबाट पेन क्यामेरा फेला परेको छ। ६ महिनअघिको विषयलाई लिएर कैदीहरुबीच चलेको कुराकानीबाट जेलभित्रै कानुनविपरित जासुसी क्यामरा राखेको रहस्य बाहिरिएको छ।
जेलमा बसेकामध्ये कसैले कारागारको गतिविधिसँगै सुरक्षा स्थितिसम्बन्धी दृश्य रेकर्ड गरी बाहिर पठाउने गरेको सूचना प्राप्त भएपछि गरिएको जाँचमा जबरजस्ती करणीमा जेल सजाय काटिरहेका आरएन भनिने ईश्वर थापाको झोलामा लुकाएर राखेको अवस्थामा सो पेन क्यामरा भेटिएको जेलर राजेन्द्रबहादुर बोहराले जानकारी दिए । यो समाचार आजको नागरिक दैनिकमा छ ।
सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता
काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...