हाम्रा सामान्य व्यवहारले गर्छन् अचम्मका भविष्यवाणी ! – Janata Live
  • Monday, March 20, 2023

हाम्रा सामान्य व्यवहारले गर्छन् अचम्मका भविष्यवाणी !

  • जनता लाइभ
  • साउन ०२, २०७६

हाम्रा सामान्य व्यवहारले गर्छन् अचम्मका भविष्यवाणी !

शास्त्र र पुराणहरूमा हाम्रो दैनिक जीवनसँग जोडिएका कुरा र बानीहरूको उल्लेख गरिएको छ। त्यसलाई सामान्य ठानेपनि तिनीहरूले वास्तवमा हाम्रो भविष्यलाई इंगित गरिरहेका हुन्छन् ।

हामीलाई राम्रो हुन्छ कि नराम्रो भन्ने विषय हामी अज्ञानतावश बुझ्न पाउँदैनौं।यी घटनालाई बुझेर अनि हाम्रा बानीमा सुधार ल्याएर हामी आफ्नो भविष्य सुधार्न सक्छौं।

पर्वको दिन: एक वर्षमा आउने पर्वहरूको विषयमा रमाइलो भविष्यवाणी छ। दिनहरूको क्रमसँग यो जोडिएको छ। यसअनुसार होली, नयाँ वर्ष र तिहार क्रमशः शनिवार, आइतवार र मंगलवार प–यो भने देशमा महामारी फैलिन सक्छ।

बिहानको बानी: शास्त्रलाई मान्ने हो भने बिहान उठ्नेबित्तिकै व्यक्तिले राति राखेको पानी पिएर आफ्नो हत्केला हेरेमा ठूलो रोग उसलाई लाग्न पाउँदैन।

महिना अनुसार निषेध गरिएका खानेकुरा

हरेक महिनामा स्वास्थ्यका लागि केही कुराहरू खान निषेध छ । वैशाखमा तेल, जेठमा घिउ, असारमा बेल, साउनमा साग, भदौमा दही, असोजमा दूध, कात्तिकमा कुराउनी, मंसिरमा जीरा, पुसमा धनियाँ, माघमा मिश्री, फागुनमा सुक्खा चना र चैतमा सक्खर खान निषेध गरिएको छ । नटेरिकन खाँदा अनेक रोग लागेर अल्पायुमा मृत्यु हुन सक्छ।

छेपारो: छेपारोले टाउको तलतिर पारेर अर्थात् उल्टो गरी रुख चढ्न थालेको देखेमा भयंकर बाढसी आउन सक्छ।

कमिला: कमिलाले अचानक घरमा दाना बटुलेको देख्नुभएमा निकट भविष्यमा केही नराम्रो हुने संकेत हो। कमिलाहरू एक लाइन लगाएर हिँडे भने पानी पर्ने लक्षण हो।

बकुल्लो: रुखमा बकुल्लो बसेको देख्नुभयो भने त्यो रुख छिट्टै सिद्धिएको संकेत हो । घरको रुखमा बकुल्लो बस्यो भने त्यस रुखमाथि चट्याङ खस्न सक्छ।

गोरु: सात र नौ दाँत भएको गोरु आफ्ना मालिकका लागि अशुभ हुन्छन्। सात दाँत भएको गोरुले मालिकको मृत्यु गराउँछ भने नौ दाँत भएको गोरुले पूरै परिवारमा विपत्ति ल्याउँछ। भारतीय वेबसाइटबाट

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...