अर्की महिलासँग प्रेम : ‘कन्ट्रयाक किलर’ लगाएर श्रीमतीको हत्या

काठमाडौं । औषधी उपचार गर्न भन्दै श्रीमतीलाई जंगलमा लगेर हत्या गरेको आरोपमा पक्राउ परेका मकवानपुर घर भई पोखरा– १० रामबजारमा बस्दै आएका ३५ वर्षिय रमेश नेपालीलाई प्रहरीले बुधवार पोखरामा सार्वजनिक गरेको छ।
२८ वर्षीया श्रीमती लक्ष्मी नेपालीको हत्या गरेर जंगलमा फालेको आरोपमा कास्की प्रहरीले पक्राउ गरी अनुसन्धान गर्दा आरोपी नेपालीले हत्या गर्नुभन्दा चार महिना अघि श्रीमतीको १ करोडको जीवन बिमा गरेको र भारतीय ‘कन्ट्र्याक्ट किलर’ प्रयोग गरी हत्या गरेको फेला परेको छ।
फरार रहेका तीनजना भारतीय कन्ट्र्याक्ट किलरको प्रहरीले खोजी गरिरहेको छ। सर्लाही ईश्वरपुर नगरपालिका घर भई पोखराको पृथ्वीचोक बस्ने वर्ष २६ का चितरन्जन साहमार्फत १० लाखमा भारतबाट मान्छे झिकाउने सल्लाह अनुसार असार ३ गते भारतीय कन्ट्र्याक्ट किलर आएर पृथ्वीचोकका एक होटलमा बसेको र त्यसको बस्ने व्यवस्था गर्ने भोजपुर जिल्ला भोजपुर नगरपालिका बैंक रोड भर भई पोखराको महेन्द्रपुल बस्ने वर्ष ३२ का संजय शर्मा र चितरन्जन शाहले मिलाएको प्रहरीले बताएको छ।
हत्या योजना तयार भइसकेपछि रमेशले १ लाख एडभान्स दिएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ। श्रीमतीको हत्यापछि शव जंगलमै छोडी रमेशले संजय शर्मालाई ५ लाख दिएको र ४ लाख केही दिन पछि दिने सहमति भएको पत्रकार सम्मेलनमा प्रहरीले बताएको छ।
रमेशले श्रीमतीको खुट्टामा भएको एलर्जीको जडीबुटी औषधी खोज्न भन्दै जंगलमा लगेर श्रीमतीलाई जडीबुटी खोज्दै तल जानु भन्दै बाहाना बनाई निस्केको र योजना आनुसार लुकेर बसेका व्यक्तिहरूले आँखा र मुखमा सल बाँधी चक्कुले घाँटी रेटी हत्या गरेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको हो।
अनुसन्धानको क्रममा श्रीमतीका माइती पक्षको एकजना महिलासँग नजिकको सम्बन्ध पनि देखिएको उनले सुनाए। यो समाचार अन्नपूर्ण पोस्ट् दैनिकले छापेको छ ।
प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी
मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...
विजयी सुरुआतसँगै चर्चामा योगेश
गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...