१४ वर्षीया विद्यार्थी ब*लात्कार

काठमाडौं । विद्यार्थी बलात्कार गरेको आरोपमा पक्राउ परेका चापाकोट नगरपालिका–७ का शिक्षक रामभक्त आचार्यलाई जिल्ला अदालत स्याङ्जाले १० वर्ष कैद सजाय तोकेको छ ।
सोही ठाउँको एक विद्यालयमा कक्षा ७ अध्ययनरत १४ वर्षीया बालिकालाई बलात्कार गरेका आचार्यलाई आइतबार कैद सजायको फैसला भएको जिल्ला अदालत स्याङ्जाका श्रेस्तेदार नन्दप्रसाद आचार्यले जानकारी दिए ।
चापाकोटको शितलटार जङ्गलमा लगी बारम्बार ललाईफकाई बलात्कार गर्दै आएका शिक्षक आचार्यले टिसर्ट, मोबाइल र १० हजार रुपैयाँ किनिदिने सर्तमा घटना लुकाउँदै आएका थिए । यो समाचार कान्तिपुर दैनिकले छापेको छ ।
Loading...
Loading...
Loading...