तरकारीको भाउ आकासियो, कुन तरकारीको मूल्य कति ?

काठमाडौं । अविरल वर्षाका कारण काठमाडौं उपत्यकामा तरकारीको भाउ आकासिएको छ । भारी वर्षाले बाढी र पहिरो जाँदा यातायात आवागमन प्रभावित भई आपूर्ति हुन नसक्दा तरकारीको मूल्य बढेको हो ।
एक साताको अवधिमा हरेकजसो तरकारीमा प्रतिकिलो २० देखि ३० रुपैयाँ वृद्धि भएको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डको तथ्यांकअनुसार सबैभन्दा धेरै गोडभेडा, बोडी, सिमी, गाजर काउलीलगायतका तरकारीको मूल्य बढेको छ । गोलभेडा, बोडी सिमीमा प्रतिकिलो २० रुपैयाँ मूल्य बढेको छ ।
कालिमाटी फलफुल तथा तरकारी बजारमा २५ असारमा गोलभेडाको मूल्य प्रतिकिलो १ सय रहेकोमा मंगलबार १२० रुपैयाँ पुगेको छ । यसैगरी सिमी प्रतिकिलो १४० बाट बढेर १६० रुपैयाँ पुगेको छ । यो राजधानी दैनिकले खबर छापेको छ ।
पिपुल्स हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा
काठमाडौं– पिपुल्स हाइड्रोपावरको आइपिओ बुधबार बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा कुल ५ लाख १५ हजार...