बाढीपहिरो कहर : उद्धार तथा राहत तीव्र, एउटै जिल्लामा २ लाखसम्म पीडित – Janata Live
  • Monday, March 20, 2023

बाढीपहिरो कहर : उद्धार तथा राहत तीव्र, एउटै जिल्लामा २ लाखसम्म पीडित

  • जनता लाइभ
  • असार ३०, २०७६

बाढीपहिरो कहर : उद्धार तथा राहत तीव्र, एउटै जिल्लामा २ लाखसम्म पीडित

काठमाडौँ । अविरल वर्षापछिको बाढीको विपत्तिमा परेका तराई क्षेत्रका बासिन्दाको उद्धार तथा राहतमा तीव्रता दिइएको छ । वर्षापछिको बाढी र पहिरोमा परी कैयौँको ज्यान गएको छ भने कैयौँ घरबारविहीन भएका छन् ।

मध्य र पूर्वी क्षेत्रमा अत्यधिक वर्षासँगै ठूला, मझौला तथा साना नदीको बहाव बढेर मानव बस्तीमा पस्दा प्राकृतिक विपत्ति निम्तिएको हो ।

तराईका विभिन्न जिल्लामा उद्धारपछि संरक्षित क्षेत्रमा राखिएकालाई अत्यावश्यक राहत उपलब्ध गराइएको प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा स्थानीय जनप्रतिनिधिहरूले जानकारी गराउनुभएको छ । यसैगरी सङ्घ, प्रदेशबाट आवश्यक थप सहयोग प्रभावित क्षेत्रमा पठाइएको गृह मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका प्रमुख वेदनिधि खनालले भन्नुभयो, “राहतका लागि स्थानीय तहले केन्द्र र प्रदेशसँग समन्वय गरी काम अगाडि बढाएको छ, केन्द्रबाट त्रिपाल, डुङ्गा र उद्धारका लागि जनशक्ति तराई पठाइएको छ ।”

यातायात अवरुद्ध हुँदा तराई क्षेत्रको बाढी प्रभावितको उद्धार गर्न समस्या आइरहेको खनालले बताउनुभयो । तथापि जसरी सकिन्छ डुबान र बाढीको चपेटामा परेकालाई उद्धार गरी सुरक्षित राख्ने पहल भइरहेको उहाँले बताउनुभयो, “उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तिनै अङ्गका सुरक्षा निकायलाई एकमुष्ट परिचालन गरिएको छ ।”

नेपाली सेनाको चारवटा हेलिकप्टर आइतबार तराई पुगेका छन् । तिनले अत्यधिक विपद्मा परेका क्षेत्र, बस्ती र मानव समुदायको पहिचान र अवस्थिति पत्ता लगाउन सघाएको छ । साना साधन पुग्न नसकेका स्थानमा पुगेर उद्धारकर्मी पुर्याउने काम गरिरहेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताउनुभयो । यो खबर आजको गोरखापत्रमा छ ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने

काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।