नेपाली सेनालाई खुशीको खबर, बढ्ने भयो शान्ति सेनाको कोटा संख्या – Janata Live
  • Monday, March 20, 2023

नेपाली सेनालाई खुशीको खबर, बढ्ने भयो शान्ति सेनाको कोटा संख्या

  • जनता लाइभ
  • असार २९, २०७६

नेपाली सेनालाई खुशीको खबर, बढ्ने भयो शान्ति सेनाको कोटा संख्या

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेना संयुक्त राष्ट्रसंघको आग्रहमा थप शान्ति सैनिक खटाउन तयार भएको बताएका छन् ।

संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा आयोजित ‘चिफ डिफेन्स स्टाफ कन्फेन्स’ मा बोल्दै प्रधानसेनापति थापाले सो बताएका हुन् । प्रधानसेनापति थापाले नेपाली शान्ति सैनिकले संयुक्त राष्ट्रसंघको परिधिभित्र रहेर खेलिरहेको नेतृत्वदायी भूमिकाबारेमा प्रकाश पारेका थिए ।

प्रधानसेनापति थापाले नेपाली सेनाले द्वन्दरत क्षेत्रहरुमा शान्ति र सुरक्षा कायम गर्न अहोरात्र खटिरहेको बताए । त्यसका लागि आवश्यक परे पथ सैनिक खटाउन नेपाल तयार रहेको उनले बताएका थिए । हाले नेपाली सेनाका पाँच हजार ६३ सैनिक शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसंघ मातहतका विभिन्न मिसनमा खटिएका छन् ।

शान्ति सेनामा नेपाली सेनाको स्थान पाँचौं स्थानमा रहेको छ । एक सय ८ भन्दा बढी सदस्य मुलुकको सहभागिता रहेका कार्यक्रममा शान्ति कायम गर्नका लागि क्षमता अभिवृद्धि र शान्ति सेनामा महिलाको संख्या बढाउनेलगायतका विषयलाई प्राथमिकताका साथ चर्चा गरिएको थियो । यो समाचार नागरिक दैनिकमा छ ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने

काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।