राजदूत प्याकुरेलले दिए राजिनामा – Janata Live
  • Sunday, April 2, 2023

राजदूत प्याकुरेलले दिए राजिनामा

  • जनता लाइभ
  • असार २९, २०७६

राजदूत प्याकुरेलले दिए राजिनामा

काठमाडौं । श्रीलंकाका लागि नेपाली राजदूत प्रा. डा. विश्म्भर प्याकुरेलले पदबाट राजिनामा दिनुभएको छ ।

परराष्ट्र प्रशासनप्रति चरम असन्तुष्टि देखाउँदै प्याकुरेलले राजिनामा दिनुभएको हो । परराष्ट्र कर्मचारी कामप्रति गम्भीर नरहेको र व्याक्तिगत स्वार्थमा मात्रै केन्द्रित भएको आरोप लगाउँदै आफूले राजिनामा दिएको उहाँको भनाई छ ।

राजिनामा पछि प्याकुरेलले भन्न्नुभएको छ, ‘राजदूतले कुनै पनि कर्मचारीको मुल्याङ्कन गर्न नपाइने, होस्ट सरकार (श्रीलंका) का मन्त्रीहरु मलाई भेट्न आउने तर नेपाल सरकारका कर्मचारीले आफूले नियमित पठाएको प्रतिवेदनको उत्तर नदिने भएपछि पद ओगटेर बन्नुको औचित्य नभएपछि राजिनामा दिएको हुँ ।

राजिनामा पछि प्याकुरेलको राजिनामा स्विकृत भएको छ । यो समाचार अन्नपूर्ण पोष्टमा छ ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...