मन्त्री र सचिवलाई प्रधानमन्त्रीको निर्देशन : विकासमा ढिलाइ भए सहन सकिंदैन

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले चालू आर्थिक वर्षका कमजोरीबाट पाठ सिकेर विकास निर्माणको कामलाई तीव्रता दिन निर्देशन दिएका छन् ।
प्रधानमन्त्री कार्यालयमा सिंहदरबारमा शुक्रबार आर्थिक वर्ष ०७५–७६ को वार्षिक समीक्षा कार्यक्रम समापन गर्दै प्रधानमन्त्रीले त्यस्तो निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री ओलीले गएको वर्ष शासकीय सुधार, कानुनी राज र सुशासनका क्षेत्रमा महत्वपूर्ण काम भएर विकास, निर्माणको आधार तयार भएको र आर्थिक वृद्धि दर ऐतिहासिक रूपमा बढेको बताउँदै बितेको वर्षका कमी कमजोरीबाट समेत पाठ सिक्दै समयसारिणी बनाएर काम अघि बढाउन दिर्नेशन दिए । ‘आउने वर्ष कुनै तर र यदिलाई सहन सकिँदैन,’ प्रधानमन्त्रीले भने, ‘विकास निर्माणको कामको अनुगम प्रणालीलाई अझ प्रभावकारी बनाउँदै कामलाई तीव्रता दिनुस् ।’
सरकारले हाल विकसित गरेको अनुगमन प्रणालीले कामको गति बढाउन सहयोग पुगेको भन्दै प्रधानमन्त्रीले राष्ट्रिय गौरवका आयोजनाहरूमा १ साउनदेखि पुरानो र सुस्त गतिलाई त्यागेर प्रभावकारी रूपमा काम अघि बढाइएको देख्न पाइने विश्वास व्यक्त गरे । १५ जेठमै बजेट आइसकेको अवस्थामा समेत अन्तिम समयमा आएर काम गर्न थालिएको अवस्थालाई इंगित गर्दै उनले भने, ‘अवस्थामा खासै अन्तर देखिएन । यसतर्फ सबैले गम्भीर हुनुपर्दछ ।’
६०५ काममा शतप्रतिशतको मूल्यांकन हुन सक्दैन
६० प्रतिशत काम गरेर सय प्रतिशतको मूल्यांकन हुने परिपाटी अन्त्य हुनुपर्नेमा प्रधानमन्त्रीले जोड दिएको उनका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए । सरकारका विभिन्न मन्त्रालयहरूबीच प्रभावकारी समन्वय हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले भने, ‘बाटो किन बनेन भन्दा अर्को निकायले पोल सारिदिएन भन्ने परिपाटीको अन्त्य हुनु पर्दछ ।’
प्रशासकहरूले समन्वय, निर्देशन र कार्यान्वयन गराउने कुरामा गम्भीरतापूर्वक ध्यान पुर्याउनु पर्नेमा प्रधानमन्त्रीले जोड दिए । ‘रिपोर्ट सुनेर वास्तविकता के छ पत्ता लगाउनोस्, कर्मचारीले कतिसम्म जिम्मेवारीपूर्वक काम गरेका छैन हेर्नोस्,’ उनले भने ।
हरेकमाथि निगरानी र सजग गराउन निर्देशन
भ्रष्टाचार अन्त्यका लागि प्रभावकारी अनुगमन अघि बढाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले भ्रष्टाचार र अनुचित कार्यप्रति कडाइ गर्न निर्देशन पनि दिए । ‘मातहतका कर्मचारीलाई भनिदिनोस् हरेकको अनुगमन भइरहेको छ ।
कुनै पनि वेला कोही पनि गिरफ्तारीमा पर्न सक्छ । सबैमाथि विश्वास गरिन्छ, तर हरेकमाथि निगरानी पनि गरिन्छ,’ उनको निर्देशन थियो । जिम्मेवारी र सक्रियता बढाउनुपर्ने कुरामा जोड दिँंदै प्रधानमन्त्रीले अलपत्र ठेक्का, भद्रगोल ठेक्कामा कारबाही हुने समेत जानकारी गराए । यो समाचार नयाँ पत्रिका दैनिकमा छ ।
प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी
मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...