८० प्रतिशत विषादीको परीक्षण नै हुँदैन

काठमाडौं । भारतबाट आयातित तरकारीको विषादी परीक्षण गर्नुपर्ने आवाज उठिरहेका बेला नेपालीले उपभोग गर्ने तरकारीमा प्रयोग हुने विषादीमध्ये ८० प्रतिशतको परीक्षण नै नहुने गरेको पाइएको छ ।
अहिलेसम्म स्वदेशमा उत्पादन हुने र विदेशबाट आयातित तरकारी, फलफूल लगायत कृषिजन्य वस्तुमा एक दर्जन भन्दा बढी समूहका विषादी प्रयोग हुन्छ । यसमध्ये दुई समूहका करिब २० प्रतिशत किटनाशक विषादी परीक्षण हुन्छ। बाँकी ८० प्रतिशत विषादी परीक्षण हुँदैन ।
विषादी व्यवस्थापन केन्द्रका अनुसार बजारमा बिक्री हुने तरकारीमा नमूनाको रुपमा इन्सेक्टिसाइड अन्तर्गतका अर्गानोफस्फेट र कार्बामेटको मात्र परीक्षण हुन्छ । नेपालमा अन्य ८० प्रतिशत विषादीको परीक्षण गर्ने प्रविधि र संयन्त्र नै छैन ।
प्लान्ट क्वारेन्टिन एवं विषादी व्यवस्थापन केन्द्रका प्रमुख डिल्लिराम शर्माका अनुसार नेपालमा तरकारीमा प्रयोग हुने ८० प्रतिशत विषादीको परीक्षण नै हुँदैन । ‘दुई समूह बाहेक अन्य विषादीको परीक्षण गर्न सकेका छैनौं,’ शर्माले बिहीबार भने, ‘परीक्षण हुने विषादीको हिस्सा २० प्रतिशत मात्र छ ।’ यो समाचार नागरिक दैनिकमा छ ।
पिपुल्स हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा
काठमाडौं– पिपुल्स हाइड्रोपावरको आइपिओ बुधबार बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा कुल ५ लाख १५ हजार...