अझै खुलेन मुग्लिन–नौबिसे सडकखण्ड ! यात्रुलाइ हैरानी.. – Janata Live
  • Saturday, April 1, 2023

अझै खुलेन मुग्लिन–नौबिसे सडकखण्ड ! यात्रुलाइ हैरानी..

  • जनता लाइभ
  • असार २७, २०७६

अझै खुलेन मुग्लिन–नौबिसे सडकखण्ड ! यात्रुलाइ हैरानी..

काठमाडौं, असार २७ गते ।
पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । मुग्लिन–नौबिसे सडकखण्ड अन्तर्गत चितवन र धादिङको सिमानामा पर्ने धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोला नजीकै माथिबाट झरेकोे लेदोले सडक पुरिएपछि आज दिउँसो १२ः३० बजेदेखि सडक अवरुद्ध भएको हो ।

डोजर लगाएर लेदो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । लेदो झरेर सडक अवरुद्ध भएपछि सवारी साधनहरू बीच बाटैमा रोकिएका छन् । सो स्थानमा पानी परेपछि माथिबाट आएको लेदोले पटक–पटक सडक अवरुद्ध गर्दै आएको छ । तस्विरः फाइल फोटो /गोरखापत्रअनलाइनबाट

Loading...
Loading...
Loading...