रेनशाको निर्देशनमा रेखाको फिल्म – Janata Live
  • Sunday, April 2, 2023

रेनशाको निर्देशनमा रेखाको फिल्म

  • जनता लाइभ
  • असार २७, २०७६

रेनशाको निर्देशनमा रेखाको फिल्म

काठमाडौं । नायिका रेखा थापाले नयाँ चलचित्र निर्माण थालेकी छिन् । रेखा फिल्मसको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको नाम फाइनल भइसकेको छैन ।

चलचित्रका लागि रेखाले निर्देशकको रुपमा रेनशा वान्तवा राईलाई फाइनल गरेकी छिन् । रेखा र रेनशावीच कागजी सम्झौता भएको हो ।

रेनशाले निर्देशन गरेको पहिलो चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ बक्स अफिसमा औषत भए पनि उनको कामले भने तारिफ पाएको थियो । रेनशा अहिले दोश्रो चलचित्र ‘आई एम ट्वान्टी वान’ निर्देशन गर्ने तयारीमा छिन् । यही वीचमा उनले रेखाको ब्यानरमा काम गर्न लागेकी हुन् ।

यो चलचित्रको अहिले कथामा धमाधम काम भइरहेको छ । चलचित्रमा मल्टिस्टारर कलाकार हुने वुझिएको छ । चलचित्रको छायांकन माघदेखि शुरु गर्ने तयारी गरिएको वुझिएको छ । कस्तो कथामा चलचित्र बन्छ भन्ने खुलाइएको छैन ।

Loading...
Loading...
Loading...