श्री गणेश भगवानको दर्शन गरी राशिफल पढ्नुहोस्, तपाईको दिन सिद्ध रहनेछ – Janata Live
  • Sunday, April 2, 2023

श्री गणेश भगवानको दर्शन गरी राशिफल पढ्नुहोस्, तपाईको दिन सिद्ध रहनेछ

  • जनता लाइभ
  • असार २७, २०७६

श्री गणेश भगवानको दर्शन गरी राशिफल पढ्नुहोस्, तपाईको दिन सिद्ध रहनेछ

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आज बेलुकासम्म दाम्पत्य जीवनमा सकारात्मक सम्बन्ध रहने देखिन्छ । व्यापार व्यवसायबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । गरेका काममा ढिलो भए पनि उपलब्धीमूलक सफलता मिल्नेछ । दिनभरि पारिवारिक सम्बन्ध सामान्य रूपले अगाडि वढ्ने छ । अपराह्नमा आठौं भावमा चन्द्रमाको प्रवेश हुने भएकाले व्यवसायिक गतिविधिमा संलग्न हुनु पर्ने हुन्छ, त्यसैले महत्वपूर्ण घरायसी काम साँझ पर्नुअघि नै सिध्याउनु राम्रो हुन्छ । त्यसपछि पारिवारिक जीवनमा असमझदारी वा चिसोपन बढ्न सक्छ । गृहिणीहरूलाई सन्ततिको चिन्ताले सताउने छ, पतिलाई समय दिन नसक्नाले पारिवारिक वातावरण बिग्रन सक्छ । छात्रछात्राले कडा मिहिनेतपछि सफलता पाउने दिन छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आज बेलुकासम्म दाम्पत्य जीवनमा सकारात्मक सम्बन्ध रहने देखिन्छ । व्यापार व्यवसायबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । गरेका काममा ढिलो भए पनि उपलब्धीमूलक सफलता मिल्नेछ । दिनभरि पारिवारिक सम्बन्ध सामान्य रूपले अगाडि वढ्ने छ । अपराह्नमा आठौं भावमा चन्द्रमाको प्रवेश हुने भएकाले व्यवसायिक गतिविधिमा संलग्न हुनु पर्ने हुन्छ, त्यसैले महत्वपूर्ण घरायसी काम साँझ पर्नुअघि नै सिध्याउनु राम्रो हुन्छ । त्यसपछि पारिवारिक जीवनमा असमझदारी वा चिसोपन बढ्न सक्छ । गृहिणीहरूलाई सन्ततिको चिन्ताले सताउने छ, पतिलाई समय दिन नसक्नाले पारिवारिक वातावरण बिग्रन सक्छ । छात्रछात्राले कडा मिहिनेतपछि सफलता पाउने दिन छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –आत्मबल बढ्ने बेला छ । ठूलाबडाले सहयोग गर्नेछन् । व्यापाररव्यवसाय मध्यम रहेको छ । छात्रछात्राहरूका लागि ज्ञान र चिन्तन उपयोगी बन्नसक्छ । बौद्धिक र चिन्तनमूलक क्रियाकलाप दिन बित्नेछ । गृहिणीहरूका लागि सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ । घरपरिवारबाट सहयोग मिल्नेछ । माया प्रेमको लागि दिन रमाइलो छ । जीवनसाथी र मान्यजनबाट पनि सरसहयोग मिल्ने समय देखिन्छ । छैटौं भावमा चन्द्रमाको प्रवेश हुने भएकाले प्रायः सबैका लागि अपराह्नदेखि प्रतिकूल समय सुरु हुनसक्छ । आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ । खर्च बढ्न सक्छ । रिसको कारणले असर पुर्याउने सम्भावना समेत छ । आत्मबल र संयमता गुमाउनु हुँदैन ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –आज अपराह्नपछि तनाव र निराशाबाट मुक्ति पाउनु हुनेछ, दिनको सुरुवातमा चन्द्रमा चौथो भावमा रहेकाले निराशाको अनुभूति हुनेछ । मान्यजन र ठूलाबडासँग असमझदारी बढ्न सक्छ । सानातिना घरायसी काममा समय व्यतीत गर्नु पर्नेछ । पारिवारिक समस्या देखा पर्न सक्छन् । सम्पत्तिको विवाद छ भने त्यसका बारेमा छलफल हुनसक्छ । छिमेकीको व्यवहारले निराश तुल्याउने छ । प्रतिस्पर्धामा फाइदा हुँदैन । यद्यपि वैदेशिक क्षेत्रमा सन्तोषजनक देखिन्छ । अपराह्नदेखि पाँचौं चन्द्रमाको प्रभाव सुरु हुन्छ । त्यसपछि दार्श्निक र बौद्धिक क्षेत्रमा मन जानेछ । गृहस्थीजनहरू सन्ततिपक्षकौ क्रियाकलाप देखेर दंग पर्नेछन्, छात्रछात्राहरूले कुनै खुसीका खबर सुन्न पाउने समय छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –आजको दिन पराक्रम र प्रसिद्धि कमाउने राम्रो समय हो । विभिन्न ठाउँको यात्रा गर्ने र कुनै न कुनै ज्ञान बढाउने समय हो । वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेहरूले मानसम्मान र ख्याति कमाउन सक्छन् । दाजुभाइ र बन्धुवान्धवले सकेको सहयोग गर्नेछन् । कुनै कामको नेतृत्व गर्ने अवसर प्राप्त हुनेछ । साँझमा चतुर्थ भावमा चन्द्रमाको प्रवेश हुनेछ, त्यसपछि राम्रोरनराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ । गृहिणीहरूको सुरुमा परोपकारी र सामाजिक काममा मन जानेछ, नयाँ आशा जाग्नसक्छ, सन्तुष्टिको अनुभूति हुनेछ । तर बेलुका झिनामसिना घरायसी समस्याहरू देखापर्न सक्छन् । जीवनसाथीसित ठाकठुक पर्ने सम्भावना छ तर तुरुन्त सुलह हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । विद्यार्थीहरूको पठन–पाठनमा प्रगति हुनेछ । प्रतियोगितात्मक क्रियाकलापमा सफल हुनुहुने छ । सामाजिक कार्यकर्ता र कर्मचारीले विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ । व्यापारीहरूको व्यवसायिक क्षेत्रबाट राम्रै लाभ प्राप्त हुनेछ । आम्दानीका नयाँनयाँ मार्ग पत्ता लाग्नेछन् । गृहिणीहरूका लागि पारिवारिक सुख मिल्नेछ । पति वा मान्यजनबाट आवश्यक सहयोग र सल्लाह प्राप्त हुनेछ । सामाजिक क्षेत्रबाट सम्मानित हुने अवसर पाइने छ । स्वास्थ्यमा सकारात्मक सङ्केत देखिने छ । हाँकेकारताकेका कुरामा सफलता मिल्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –प्रतिष्ठित काम गर्ने मौका छ । आत्मविश्वास बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । बन्दव्यापारबाट लाभ मिल्नेछ । फुर्सद नमिले पनि राम्रो नतिजा हात पर्नेछ । आर्थिक अवस्थामा दृढता आउने छ । कृषि तथा कृषिजन्य व्यवसायमा संलग्नहरूका लागि यथेष्ट लाभ लिन सकिने समय छ । सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । दिन रमाइलो गरी बित्नेछ । कुटुम्ब र भाञ्जाभाञ्जीसँग सुमधर सम्बन्ध कायम हुनेछ । छात्रछात्राले मौखिक अभिव्यक्तिमार्फत प्रतिष्ठा कमाउने दिन छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –चन्द्रमा अनुकूल छैन, तर अन्य ग्रहको शुभ बल छ, त्यसैले आत्मबल र हौसला नत्यागे सफलता पाउनु हुनेछ । नयाँ कामको वातावरण तैयार हुनेछ, अर्थलाभका अवसर आउने छन् । पारिवारिक जीवन सन्तोषप्रद रहने छ । बेलुकीपख मनमा हौसला जाग्नेछ, असन्तुष्टि समाप्त हुनेछन् । अधुरा कामहरू पूर्ण हुन थाल्नेछन् । स्वास्थ्यमा क्रमिक रूपमा सुधार हुनेछ । आध्यात्मिक र सामाजिक काममा सक्रिय बन्नु पर्नेछ । छात्रछात्राहरूका लागि प्रतिस्पर्द्धात्मक क्रियाकलापमा सफलता पाउने दिन छ, वहस र वादविवादमा विजय प्राप्त हुनेछ । गृहिणीहरूका लागि परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । व्यवसायीहरूको बन्दव्यापारमा देखिएका समस्या हल हुनेछन् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –मिश्रित प्रभाव प्राप्त हुने भए पनि आज संयम भई कार्यक्षेत्रमा तल्लीन हुने दिन हो । मनमा अधैर्यता र चञ्चलता देखिनसक्छ, के गरौं के नगरौं भइरहने छ । नोकरी वा बन्दव्यापारमा सामान्यतया सफलता नै मिल्नेछ । अपराह्नपछि बाह्रौं भावमा चन्द्रमाको प्रवेश हुनेछ । त्यसैले व्यापाररव्यवसायमा मन्दी छाउनेछ, अनि भोगविलासमा मन केन्द्रित हुनेछ । शत्रुपक्षका अनिष्ट सन्देश प्राप्त हुनेछ । तर प्रतिशोधको भावना त्यागी संयम र धैर्यशाली हुनु राम्रो हो । मिहिनेतअनुसार लाभ प्राप्त हुन नसक्दा दिक्क लाग्न सक्छ । गृहिणीहरूले घरायसी काम र लेनदेनसम्बद्ध सानातिना झमेलामा दौडधूप गर्ने दिन छ । विद्यार्थीहरूको पठनपाठनमा भन्दा खेलवाडमा रूचि बढ्न सक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –घरायसी सम्बन्ध सुमधुर रहने छ । मातापिता र अभिभावकवर्गको सहानुभूति र आशीर्वाद प्राप्त हुनेछ । कर्मचारीले हाकिमलाई खुसी पार्न सक्ने समय हो, अन्य सबैले ठूलाबडाको सहयोग र सल्लाह मिल्नाले राम्रो फाइदा बटुल्ने समय छ । गृहस्थीजनका लागि सन्तानपक्षबाट सन्तुष्टि मिल्नेछ । व्यापाररव्यवसायमा सोचेजति लाभ पाइने छ । आफ्नो क्षेत्रमा साख रहनेछ । धार्मिकरसामाजिक र सांस्कृतिक क्रियाकलापमा सक्रिय भइनेछ । गरेका काममा सफलता पाइने छ । चिन्तनमूलक र बौद्धिक काममा समय निकाल्न सकिंदैन, तर श्रममूलक काममा फाइदा लिन सकिने छ । कर्मप्राप्ति र व्यवसायिक उन्नतिका लागि गरिएका प्रयास सफल हुनेछन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –ढिलै भए पनि चाहना र मनोकाङ्क्षा पूरा हुने समय छ । प्रयासमा सफलता प्राप्त हुने दिन छ, तर प्रतिस्पर्धी र शत्रुले काम बिगार्ने प्रयास गर्नेछन्, सचेत हुनुपर्छ । मान्यजन, गुरुजन वा प्रतिष्ठित व्यक्तिसित सहयोग लिन सकिन्छ । आज आफन्तजनबाट भन्दा अन्यबाट आवश्यक सहयोग मिल्ने समय हो, तर घरका बृद्ध सदस्य, अभिभावक वा मातापिताको आशीर्वाद लिन सके आज कुनै महत्त्वपूर्ण काम बन्नसक्छ । बन्दव्यापार र रोजगारीका क्षेत्रमा कामको चाप बढ्ने समय छ, त्यस्तै परिवारका सदस्य, जीवनसाथी र बालबच्चाबाट सहयोग लिने अनुकूलता हुँदैन । जागिरेले नजानेको वा नचाहेको कार्यक्षेत्रमा समय खर्च गर्नुपर्छ । कुनै अप्रत्याशित काममा धनखर्च हुनसक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –दीर्घकालिक काम बेलुकीपख गर्नु शुभ हुन्छ किनकि आजबाट भाग्यभावमा चन्द्रमाको प्रवेश हुँदैछ । तर दिनभरि अष्टम भावको चन्द्रमाको प्रभावले विभिन्न बाधाअड्चन ब्यहोर्नु पर्ने हुन्छ । भाग्यबलमा कमी भएको अनुभूति हुनेछ । व्यवहारिक कारणले पारिवारिक जीवनमा तलबितल पर्न सक्छ । बन्दव्यापारमा उतारचढाव आइरहने छ । एकाबिहानै घाटा ब्यहोर्नु पर्ने स्थिति आइलागे पनि अपराह्नदेखिभाग्यमा चन्द्रमाको प्रवेश हुने भएकाले अवस्था सन्तोषजनक देखिने छ । बिस्तारै निराशा र तनावको अन्त्य हुनेछ । त्यसैले व्यवहारमा संयमता अपनाउनु बेस हुनेछ । आज धार्मिक र सामाजिक क्षेत्रमा गरिएको लगानीको राम्रो प्रतिफल प्राप्त हुनेछ ।

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...