सम्बन्धविच्छेद गरेको १७ दिनपछि फेरि ‘कोर्ट म्यारिज’ – Janata Live
  • Saturday, April 1, 2023

सम्बन्धविच्छेद गरेको १७ दिनपछि फेरि ‘कोर्ट म्यारिज’

  • जनता लाइभ
  • असार २६, २०७६

सम्बन्धविच्छेद गरेको १७ दिनपछि फेरि ‘कोर्ट म्यारिज’

नेपालीमाझ एउटा उखाजन निकै प्रचलित छ–लोग्नेस्वास्नीको झगडा परालको आगो । नभन्दै अर्घाखाँचीमा एउटा दम्पतीले यो लोकोक्ती सत्य सावित गरेका छन् ।

उनीहरुले सम्बन्धविच्छेद गरेको १७ दिनपछि अर्घाखाँची जिल्ला अदालतमा आएर फेरि कोर्ट म्यारिज गरेका छन् ।

अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका–१ बस्ने लिलामनी पौडेल र सोही ठाउँ बस्ने गुल्मीको छत्रकोट गाँउपालिका–१ की जमुना पौडेलले असार ५ गते जिल्ला अदालत अर्घाखाँचीबाटै सम्बन्धविच्छेद गरेका थिए ।

आफन्त र दुवैको सल्लाहअनुसार कुरा मिलेपछि सम्बन्धविच्छेद गरेको लिलामनी–जमुना दम्पतिलाई अदालतले पुनर्मिलन गराएको हो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...