भारतमा भवन भासिँदा एकै परिवारका तीन नेपालीको मृत्यु – Janata Live
  • Saturday, April 1, 2023

भारतमा भवन भासिँदा एकै परिवारका तीन नेपालीको मृत्यु

  • जनता लाइभ
  • असार २६, २०७६

भारतमा भवन भासिँदा एकै परिवारका तीन नेपालीको मृत्यु

काठमाडौं । भारतको कर्नाटक राज्यको राजधानी बैंगलोरमा भवन भासिँदा तीन नेपालीको मृत्यु भएको छ । मंगलबार राति भएको घटनामा एकै परिवारका तीन नेपालीसहित ५ जनाको मृत्यु भएको हो ।

घटनामा ज्यान गुमाउने बाबु, आमा र छोरी बझाङको थलारा गाउँपालिका–२ बगाडाका स्थायी बासिन्दा हुन् । उनीहरू रोजगारीका लागि सपरिवार बैंगलोरमा थिए । मृतक खड्काका छोरा भने धनगढीमा छन् ।

बैंगलोरको शिवनगरस्थित ‘साइ आदि अम्बल’ अपार्टमेन्टमा सुरक्षागार्डका रुपमा काम गर्ने बगाडाका २८ वर्षीय नारायण खड्का, उनकी पत्नी २६ वर्षीया निरु र चार वर्षीया छोरी अनुष्काको अपार्टमेन्टको भुइँतला भासिँदा मृत्यु भएको खड्काका भाइ कमलले बताए । यो समाचार अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

Loading...
Loading...
Loading...